शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भ्रष्ट्राचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया

भ्रष्ट्राचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७६, बिहिबार

बागलुङ, १२ वैशाख –अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले कानून भन्दा माथि गएर काम गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । राजनीतिक दल, जनप्रतिनिधि र राष्ट्रसेवकहरुले सबैभन्दा धेरै सुशासनको भूमिका निर्वाह गर्नुपर्ने समेत बताईन् । बुधवार बागलुङका सरोकारवाला सँग छलफल गर्दै उनले जनताले तिरेको कर र राजश्वलाई सदुपयोग गर्ने जिम्मा सबैले पुरा गर्नुपर्ने बताईन् । गुरुङले देशको नाम दिनदिनै भ्रष्ट्राचारमा गनिन थालेकोमा सबैले अब लाज मानेर सम्भ समाज निर्माणमा लाग्नुपर्ने बताईन् ।

आयोगको पोखरा कार्यालयले बुधवार बागलुङमा भ्रष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा आयोगका केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका प्रतिनिधिले नेपालको सुशासनको अवस्था बारे प्रस्तुती करण गरेका थिए । आयोगको केन्द्रीय कार्यालयका सहसचिव ज्ञानेन्द्र पौडेलले प्रस्तुतीकरण गर्दै नेपाल संसारका १ सय ८० देशमा १ सय २४ औं स्थानमा परेको बताए । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक बर्ष विभिन्न सूचकको आधारमा संसारका सबै देशको सुशासनको अवस्था परीक्षण गर्ने गर्छ । पछिल्लो बर्ष नेपालमा सबैभन्दा धेरै भ्रष्ट्राचार स्थानीय तहमा बढेको समेत आयोगको ठहर छ । पौडेलले गरेको प्रस्तुतीमा स्थानीय तहमा सबैभन्दा धेरै ३३ प्रतिशत भ्रष्ट्राचार भएको तथ्यांक प्रस्तुत गरेका थिए । पदको दुरुपयोग गरेर आर्थिक तथा अन्य प्रकारका अनियमितता र भ्रष्ट्राचार गरेका उजुरी बढेको उनले बताए ।

त्यसपछि मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन, राजश्व, खानेपानी, यातायात लगायतका कार्यालयहरु बढी भ्रष्ट्राचार हुनेमा परेको उनको प्रतिवेदनमा उल्लेख छ । यस अघिका बर्षमा धेरै उजुरी आउने गरेको शिक्षा कार्यालय भने स्थानीय तहको मातहतमा गएकोले उजुरी घटेको उनले बताए । स्थानीय तहहरुले नक्कली बील भरपाई गर्ने, दोहोरो भुक्तानी गर्ने,कानूनले तोकेभन्दा विपरित तलबभत्ता खाने गरेको उजुरी बढीरहेको उनले जानकारी दिए । पोखरा कार्यालयमा मात्र यो बर्ष ३ सय ७२ उजुरी परेको आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले बताए । ती मध्ये अहिले सम्म ३ सय ६४ मुद्दा फछ्र्यौट भएका छन् । सबै भन्दा धेरै कास्कीमा मात्र ३ सय ५१ उजुरी परेका हुन् । बागलुङमा ४४ वटा मुद्दा परेका छन् । ती मुद्दामा पनि अधिकांस स्थानीय तहकै छन् । प्रमुख जिल्ला अधिकारीले सुशासन कायम गर्नमा सबै तहलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->