शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन : राजदुत पुरी

गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन : राजदुत पुरी


  • Dhorpatan News
  • बैशाख १२ २०७६, बिहिबार

पोखरा, १२ वैशाख -नेपालका लागि  भारतिय राजदुत मन्जिभसिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने वताएका छन । संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर गोरखा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै राजदुत पुरीले भारतिय सेनामा कार्यरत गोरखाली सेनाको तागतलाई कसैले रोक्न नसक्ने वताएका हुन ।
पुरीले भारतीय सेनामा कार्यरत रही विदाको समयमा नेपालमा फर्कने क्रममा भारतिय रेलमा ८ जना डांकाहरुलाई परास्त गरी रेलमा सवार धेरैजनाको ज्यान जोगाउन सफल भारतिय सेना विष्णु बहादुर श्रेष्ठलाई इगित गर्दै भारतिय सेनामा कार्यरत नेपाली बहादुर सैनिक जवानहरुले आफ्नो कार्यकौशलतालाई जहा अफ्ठेरो पर्छ त्यहा प्रयोग गर्ने क्षमता भएकाले गोरखाली सेनाको बहादुरीपना र तागतलाई कसैले रोक्न नसक्ने वताए । त्यही बहादुरीलाई सम्बोधन गर्दै भारत सरकारले सूर्य चक्रबाट समेत श्रेष्ठ जस्ता सयौ सेनालाई विभुषित गरेको पुरीको भनाइ रहेको थियो ।
त्यसैगरी पुरीले भारतिय सेनाबाट अवकास प्राप्त गरिसकेपछि पनि भारतिय भुतपूर्व सेनाहरुले नेपालमा सामाजिक कामको माध्यामबाट सम्पूर्ण भुपूहरुलाई एकताबद्ध बनाइ नेपालको बिकासमा लागेको र त्यसमा भारत सरकारले समेत थप सहयोग गरी सामाजिक कामलाई गाउ गाउमा समेत पुर्याउन सफल भएको वताए । आगामी दिनमा पनि गोरखा भुपूहरु संग सहकार्य गरी भारत सरकारले नेपालको सामाजिक, आर्थिक र अन्य बिकासका कामहरुलाई अगाडी वढाउने वताए । पुरीले भुपू गोरखाहरुले नेपालको नागरिकताको समस्याको बारेमा उठाइएको कुराको बारेमा भने केही सम्बोधन गरेनन ।
सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले भारतिय र नेपाली सेना तथा प्रहरीमा कार्यरत अवकास प्राप्त सैनिकहरुको सहकार्यले सामाजिक काम संगै वर्षमा एक पटक भएपनि सवैजना एकै थलोमा भेटघाट भइ आफ्ना अनुभवहरु साटासाट गर्ने विर गोरखा दिवसले भुपूहरुलाई एकजुट हुने मौका प्रदान गरेको वताउदै सम्पूर्ण मिलेर देशको बिकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले अवकास प्राप्त भारतिय सेनाका श्रीमतीहरुले अझैपनि नागरिकताको नामकै कारण पेन्सन प्राप्त गर्नका लागी विभिन्न बाधाव्यधान उत्पन्न भइरहेको र यसबारेमा भारतिय सरकारले चासो देखाउनुपर्ने वताएका थिए । पाण्डेले नागरिकताको समस्या संगै भुपूका छोराछोरीहरुलाई भारतिय सरकारले डाक्टर इन्जीनियर क्षेत्रमा अध्ययन गर्नका लागी छात्रबृद्धिको सुविधा भारत सरकारले गर्न सकेको खण्डमा राम्रो हुने वताएका थिए ।
त्यस्तै महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले भारत सरकारले भुपूहरु संग मिलेर आफुहरुको सीपलाई प्रवद्र्धन गराउनका लागी नेपाल सरकार संग आग्रह गरिदिन समेत आग्रह गरे । उक्त अवसरमा भारतिय सेनाका छोराछोरीहरु डाक्टर र इन्जीनियर पदमा कार्यरत एक दर्जनवढीलाई सम्मान गरिनुका साथै भारतिय सेनाबाट अवकास प्राप्त सेनाहरुले आफ्नो पल्टनमा देखाइने खुकुरी नृत्य, विभिन्न सांस्कृतीक नृत्य, पञ्चे वाजाहरुको प्रदर्शनी गरिएको महासंघका महासचिव तिलक उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->