शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ–रायडाँडा सडक सुधारको काम सुरु

बागलुङ–रायडाँडा सडक सुधारको काम सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७६, आइतबार

बागलुङ, १५  वैशाख – सदरमुकाम देखि तित्याङ, भकुण्डे हुँदै रायडाँडा नाम्दुक जाने सडकको स्तरउन्नतीको काम थालिएको छ । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बहुबर्षिय योजनामा यो सडक निर्माण गर्न शनिवार शिलान्यास भएको हो । प्रतिनिधिसभाका सांसद सूर्य पाठकले एक कार्यक्रमका बिच बा.न.पा ९ तित्याङको सिमलपाटामा बाटोको शिलान्यास गरेका हुन् । शिलन्यास गर्दै संसद पाठकले कानून निर्माणमा व्यस्त हुनुपर्दा पूर्वाधार निर्माणमा ढीलाई भएको बताए । आगामी दिनमा बिकास निर्माणको काममा सक्रिय भएर लाग्ने भन्दै सरकारले पनि बिकासमा लगानी बढाउने योजना बनाएको सुनाए ।

ग्रमिण भेगमा उत्पादन हुने सामाग्रीहरुलाई बजार व्यवस्थापनमा सहज बनाउन, पर्यटकीय गन्तव्यहरु थप गर्न र युवालाई स्वरोजगरमूलक बनाउन ग्रमिण सडकहरु सहज बन्नुपर्ने खाँचो रहेको पाठकले बताए । यो सडकमा कुनैपनि अनियमितता नगरी काम गर्न सबैलाई आग्रह पनि गरे । अनियमितता भएको खण्डमा खवरदारी गर्न उपभोक्ता समिति र स्थानीय बासिन्दालाई उनले आग्रह गरेका थिए ।

कार्यक्रममा पूर्व संसद नर बहादुर थापा, वा.न.पा ९, तित्याङका वडा अध्यक्ष गणेश थापा र उपभोक्ता समितिको तर्फबाट बद्री शर्माले बोलेका थिए । चालु आर्थिक वर्ष भित्र काम सिध्याउने गरी संघिय सरकारको १ करोड र नगरपालिकाको भौतिक साझेदारी कार्यक्रम अन्र्तगत ३७ लाख गरी कुल १ करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरउन्नतिको काम थालिएको हो । हाल रहेको एकतर्फी सडक चौँडा गरेर ८ मीटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने बनाईने छ । यो सडकमै पक्की नाली र पर्खल पनि बनाइने छ । ग्रेड नमिलेका केही स्थानको २०० मीटर खण्डमा सडकलाई ढलान गरी सुधार गरिने ठेकेदार कंपनी वि.के कन्सर्टक्सनका प्रमुख प्रकाश घर्तीमगरले बताए ।

शिलान्यास कार्यक्रम बागलुङ नगरपालिकाका भौतिक पूर्वाधार बिकास समितिका संयोजक ध्रुब बहादुर के.सीको अध्यक्षता, बा.न.पा ९ का वडा सदस्य गंगा के.सीको स्वागत र वा.न.पा ९ का वडा सचिव खड्क थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->