शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा आगामी निति तथा कार्यक्रमको लागि अन्तरक्रिया

बडिगाडमा आगामी निति तथा कार्यक्रमको लागि अन्तरक्रिया


  • कमल पौडेल
  • बैशाख १७ २०७६, मंगलबार

बागलुङ,१७ बैशाख – बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक निति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धि सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ। गाउँपालिकाको केन्द्र ग्वालीचौरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले गाउँपालिकाले तत्कालै तथा दिर्घकालिन रुपमा प्रतिफल आउने गरि योजना निर्माण र संचालन गर्न सुझाव दिए।उनले  स्थानिय सरकारले लिएको कर सम्बन्धमा बढि प्रचार भएको भन्दै करको दायरा मात्रै वढेको समेत स्पष्ट पारे । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का गण्डकि प्रदेश सदस्य सुनिल शेरचन, बडिगाड संयोजक गुणानिधि घिमिरे, नेपाली काग्रेसका क्षेत्रिय सदस्य गोकुल गिरि, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा पाइजा, जनशक्ति पार्टिको पुनम श्रीस लगाएतले गाउँपालिकाको कार्यक्रमको लागी सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । सो अन्तरक्रियामा १७ जना वढिले प्रत्यक्ष तथा ३५ जनाले लिखित रुपमा सुझाव तथा योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले योजना छनौटको प्रक्रिया, विषयको बारेमा जानकारी गराउदै  कार्यक्रममा उठेका सवालहरुको प्रक्रियाको विषयमा समेत प्रष्ट्याएका थिए । कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत कृष्णराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाले योजना बैंक निर्माण गर्ने, नयाँ आर्थिक वर्ष अगावै कुनै पनि गैरसरकारी संस्थाले कार्यक्रम स्वीकृत गर्नुपर्ने, कुनैपनि योजना सम्झौता गर्नुपूर्व सामाजिक विकृति विरुद्ध ऐक्यवद्धता जनाउनुपर्ने लगाएतको तयारी भैरहेको जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै सवै जनप्रतिनिधिलाई जनताले खवरदारी गर्नुपर्ने बताएका थिए । कार्यक्रममै गाउँपालिका भित्रका योजनामा राम्रो काम गर्ने रणसिंह महिला भवन निर्माण उपभोक्ता समिति वडिगाड ८, रणसिंह किटेनी लाई ५० हजार नगद सहित पुरस्कृत गरिएको छ। महिलाहरुले गाउँपालिका बाट विनियोजित २ लाख वजेटवाट आफै जनश्रमदान गरि ७ लाख वरावरको भवन निर्माण गरेका थिए। गाउँपालिकाले प्रत्येक टोलमा योजना छनौटको लागी छलफल चलाईने र जेठ २० गते भित्र सवै योजना र सुझाव दिई सहयोग गर्न सवै बडिगाड वासिलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->