बागलुङ, १८ वैशाख –वर्षको दोस्रो सिजनमा ढोरपानमा शिकार आरक्षमा ६ नाउर र ३ झारलको शिकार भएको छ । प्रत्येक वर्षमा २ पटक शिकारको सिजन हुने आरक्षमा यो वर्षको दोस्रो सिजन लागि १० नाउर र ४ झारलको शिकार खेल्ने अुनुमति दिइएको थियो । जसमा यस वर्षको दोस्रो सजिनमा ६ नाउर र ३ झारलको मात्र शिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।
प्रत्येक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बोलपत्र प्रक्रिया मार्फत वर्षमा २ पटक शिकारको लागि कम्पिनको छनोट गर्न र शिकारको अनुमति दिने गर्दछ । वर्षको दोस्रो सिजनमा ६ वटा कम्पिनीहरुले शिकारी पठाउने जिम्मा पाएको थिए र शिकारका लागि शिकार कम्पनीले यो सिजनमा एउटा नाउरको १३ लाख १ हजारदेखि १३ लाख ५१ हजार रुपैयाँसम्म र एउटा झारलको १३ लाख १ हजारदेखि १३ लाख ५० हजार रुपैयाँसम्म राजश्व विभागलाई बुझाएका थियो ।
नेपालै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष विश्का साहसिक शिकारीहरुले प्रमुख गन्तव्यको रुपमा लिँदै आएका छन् । शिकारका लागि अमेरिका, रसिया, स्पेललगायत मुलुकका प्रसिद्ध शिकारी ढोरपाटन सिकार आरक्षण आउने गरेको छन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी ढोरपाटन आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ ।
यो सिजनमा हिमालयन सफारीले अनुमति पाएको दुई नाउरमध्ये एकको शिकार हुन सकेन भने एक शिकारी अनुपस्थिति भए, यस्तै ट्रयाक एण्ड ट्रेडलले अनुमति पाएको दुई नाउर र एक झारल शिकार गरेको छ, ग्लोबल सफारीले अनुमति पाएको एक नाउर शिकार गरेको, ‘नेपाल वाइल्ड लाइफ सफारीले अनुमति पाएको दुई नाउर र एक झारल शिकार गरेको बताइएको छ ।
‘नेपाल वाइल्ड लाइफ आटफिटस’ले अनुमति पाएको दुई नाउर र एक झारल मध्ये एउटा नाउर र एउटा झारल शिकार गर्न असफल भएको, एक नाउर शिकारी अनुपस्थितिका कारण शिकार हुन नसकेको र ‘नेपाल वाइल्ड लाइफ एडभेञ्चर’ले अनुमति पाएको एक नाउर र एक झारल शिकार गरेकोे शिकार आरक्षले जनाएको छ ।
हरेक वर्ष असोजदेखि मंसिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको शिकार गरिन्छ भने फागुनदेखि वैशाख पहिलो हप्तासम्म दोस्रो यामको शिकार गरिन्छ । यो आर्थिक वर्षको दोस्रो यामबाट १ करोड ८९ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको शिकार आरक्ष कार्यालयले बताएको छ । सरकारले २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि यहाँ विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो ।





