शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सञ्चारमन्त्री बाँस्कोटा भन्छन् : ‘चारतारे, लालतारे कसैलाई छोडिन्न’

सञ्चारमन्त्री बाँस्कोटा भन्छन् : ‘चारतारे, लालतारे कसैलाई छोडिन्न’


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७६, बिहिबार

काठमाडौ, १९ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि सत्य प्रमाण देखिए कारबाही गरिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेकपा, नेपाली कांग्रेस जुनसुकै पार्टीका नेता वा पूर्वमन्त्री जोसुकै जोडिए पनि दोषी देखिए कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् । ‘प्रश्न विष्णु पौडेल, शेरबहादुर देउवा वा सुवर्ण शमशेरको होइन। प्रमाण भेटिए कारबाही हुन्छ’ उनले भने, ‘सरकार यस विषयमा आँखा चिम्लिने, पिठ्यूँ फर्काउनेवाला छैन।’
बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम अघि बढाइरहेको बेला उल्टै सरकारको खेदो खन्ने गरिएको भन्दै उनले आपत्ति जनाए। सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘यो विषय उठान भएपछि सरकारले काम गरिँरहँदा उल्टो खेदो खनेकोमा टिठ लागेर आउँछ।’
नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन सरकार तयार भएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘सरकारले क्षतिपूर्ति दिँदैन। जसले ठग्यो, त्यही गिरोहले तिर्छ।’ सरकारी सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएको उल्लेख गर्दै यसमा कसैलाई पनि छुट दिन नसक्ने भनाइ सञ्चारमन्त्री बाँस्कोटाले दोहोर्‍याए।
टुँडिखेललगायत देशका विभिन्न ठाउँमा सार्वजनिक जग्गा बेचिएको भन्ने सिलसिला सुरु भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार यस विषयलाई गम्भीर रुपमा लिइ छानबिन र कारबाही अगाडि बढाउने दाबी गरे। पूर्खाहरुको योगदानको मूल्य उनका सन्तानलाई आजको समाज र सरकारले तिर्न नसक्ने स्पष्ट पार्दै उनले भने, ‘महासचिव भनेर लालपूर्जामा लेख्या छैन होला। सभापति वा पूर्वप्रधानमन्त्री भनेर लेख्या छैन होला। मुलुकको नियम, कानुन, संविधानले व्याख्या, गरेको कुरामा सरकारले ठेगानमा ल्याउँछ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->