शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजेट दुरुपयोग हुन नदिन सांसद पाठक अनुगमनमा

बजेट दुरुपयोग हुन नदिन सांसद पाठक अनुगमनमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७६, आइतबार

बागलुङ, २२ वैशाख – सांसदले प्रत्यक्ष वितरण गर्न पाउँने बजेट दुरुपयोग हुन नदिन बागलुङका सांसदले अनुगमनलाई तिव्रता दिएका छन् । यस अगाडिका वर्षहरुमा सांसदले प्रत्यक्ष वितरण गर्न पाउँने बजेट दुरुपयोग भएको भन्दै आलोचना हुने गरेकाले त्यस्तो आलोचनलाई गलत सावित गर्नका लागि अनुगमनलाई तिव्रता दिइएको हो । विगतका समयमा कागजी योजना बनाएर बजेट हिनामिना गर्ने गरेको, मापदण्ड पुरा नभएको, थोरै काम गरेर धेरै भुक्तानी दिइएको, आवश्यक ठाउँमा भन्दा अन्यत्रै बजेट खर्च गरिएको लगायतका कारणले सांसदको तजविजले वितरण गर्ने बजेटको छवी बिग्रिएकाले अब त्यो छवीलाई जोगाउँनका लागि आफूहरु नियमित अनुगमनमा खटिएको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा. सूर्य पाठकले बताए ।

सांसदहरुले वितरण गर्ने बजेटका बारेमा धेरै आशंकाहरु उत्पन्न हुने गरेकाले आफूले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त बजेटबाट देखिनेगरी काम गराउँन नियमित अनुगमन गरिरहेको सांसद पाठकले बताए । आफ्नो निर्वाचन क्षेत्रमा प्राप्त चार करोड रुपियाँ बजेटलाई साना–साना आयोजनाहरुमा विनियोजन नगरी ठूला चार आयोजनामा बजेट विनियोजन गरेकाले ति आयोजनाहरु प्रभावकारी रुपमा सम्पन्न हुनेगरी अनुगमन गरिरहेको पाठकको भनाई छ ।

‘पहिले सांसदले आफ्नै तजविजले वितरण गर्न पाउँने सांसद विकास, पूर्वाधार विकास लगायतका बजेट कार्यान्वयनको स्थिति अति कमजोर हुँदा अहिलेपनि सांसदहरु आलोचित हुने अवस्था रहेकाले त्यो बजेटलाई सही तरिकाले कार्यान्वयन गर्नका लागि आफूहरु सक्रिय भएर लागिरहेका छौं ।’ पाठकले भने । निर्वाचन क्षेत्रमा प्राप्त चार करोड रुपियाँ मध्य निर्वाचन क्षेत्र भित्रपर्ने बागलुङका चार वटा स्थानीय तहलाई एउटा मात्र आयोजनाका लागि एक–एक करोड रुपियाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->