बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा र तनहूँमा सवारी दुर्घटना ,दुई घाइते

पोखरा र तनहूँमा सवारी दुर्घटना ,दुई घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७६, मंगलबार

पोखरा,२४ बैशाख – पोखराको सृजनाचोकमा मोटरसाईकलले ठक्कर दिँदा एक वालक घाइते भएका छन । ग १५ प ७९९३ नम्बरको मोटरसाईकलले ग १५ प ४२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अभिवाबक संगै स्कुटरमा सवार ४ वर्षीय आवास ढकाल घाईते भएको प्रहरीले जनाएको छ । उनको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।  उता तनहूँको दमौलीबाट चाँपाघाट तर्फ जाँदै गरेको ग १३ प ६९३३ नम्बरको स्कुटरको ठक्करले पैदल यात्री घाइते भएका छन । सोही ठाउँ बस्ने वर्ष ७१ को केशबराज न्यौपाने घाईते भएका हुन । स्कुटर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->