बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ऋषिलाई पत्रकारिता पुरस्कार

ऋषिलाई पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७६, मंगलबार

पोखरा ,२४ बैशाख -पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ ।पुरस्कारमा ताम्रपत्रसहित नगद २५ हजार १ रुपैया र दोसल्ला रहेको छ । स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सुवर्णप्रसाद कोइराला एवं कोइराला परिवारले उक्त पुरस्कारको स्थापना गरेका हुन् । नेपाल पत्रकार महासंघ, कास्कीले संचालन गरेको उक्त पुरस्कार पोखरामा मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पत्रकार बराललाई प्रदान गरेका हुन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई पुरस्कारबाटब सम्मानित गरिएको हो ।

स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, सदस्य सचिव रामप्रसाद तिमिल्सिना र संंचारकर्मी जमुना वर्षा शर्मा सदस्य रहेको प्रतिभा छनोट समितिले पत्रकार ऋषि बराललाई पुरस्कारका लागि छनोट गरेको थियो । लामो समय पत्रकारिता क्षेत्रमा रहेर समाज परिवर्तनमा सहयोग पु¥याएको भन्दै बराललाई उक्त पुरस्कारद्धारा पुरस्कृत गरिएको प्रतिभा छनोट समितिका संयोजक कुशुमकेशव पराजुलीले बताए ।

कास्कीको पोखरा महानगरपालिका–१३, आर्वामा २०३३ मा जन्मिएका पत्रकार बराल ०५५ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । ०५५ देखि आदर्श समाजबाट पत्रकारिता क्षेत्रमा लागेका बराल हाल ई–आदर्श डट कम अनलाइन पत्रिकाकाका कार्यकारी सम्पादक र द हिमालयन टाइम्स अंग्रजी दैनिकको पोखरा संवाददाता हुन् । पत्रकारितालाई मुख्य पेशा बनाएर लामो समय पत्रकारिता एवं संचार क्षेत्रमा कृयाशील पत्रकार एवं संचारकर्मीमध्येबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिदै आएको छ । यसअघि, उक्त पुरस्कारबाट मरणोपरान्त स्व. उमा सिंह, रामकृष्ण ज्ञवाली, रिता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमाला, माधव पनेरु र जमुना वर्षा शर्मा उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
सम्मानित व्यक्तित्व ऋषि बरालले पुरस्कार पाएपछि आफूमा जिम्मेवारी थपिएको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा पुरस्कार अर्पण समारोह आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->