बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सीपयुक्त पेसामा जोड

सीपयुक्त पेसामा जोड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७६, बिहिबार

पोखरा,२ जेठ – नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले सीपयुक्त पेसालाई मर्यादित बनाउनु पर्ने बताएका छन् । नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै नेता कुँवरले ब्युटिसियन संघमा आवद्ध सदस्यले सहकारीमार्फत आय आर्जनमा जोड दिन अनुरोध गरे । पेसाको सम्मान र हितमा नेपाली कांग्रेस लागेको बताउँदै सामाजिक सुरक्षा कोषमा भागलिन अनुरोध गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकार नेता कुँवरले स्वरोजगारमा आवद्ध पेसाकर्मीलाई सिटीइभिटीबाट हुने सहयोगमा आलटाल गरे कुनै व्यक्ति वा संस्था नभन्ने धारणा राखे । नेपाल ब्युटिसियन संघका केन्द्रीय अध्यक्ष भगवती थापाले राज्यलाई कर तिर्ने, देशमा रोजगारी दिने, सधैं राज्यले उपेक्षा गरेकामा चिन्ता गरिन् । ब्युटिसियन संघका केन्द्रीय समिति उपाध्यक्ष एवं गण्डकी प्रतिनिधि शान्ति शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनटियुसी गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, जिल्ला अध्यक्ष विजयराज भण्डारी, निवर्तमान जिल्ला अध्यक्ष कुलदेवी बराल, जिल्ला अब्युटिसियन संघ ५ नं प्रदेश अध्यक्ष विष्णु थापा, महिला संघकी जिल्ला सचिव सीता गुरुङ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, ब्युटिसिएन संघका सदस्य बबिता केसी कार्की लगायतले बोलेका थिए ।
स्वागत गर्दै कार्यक्रम संयोजक चिनु गुरुङले पेसा सञ्चालनमा कठिन भए पनि संगठन निर्माण गर्न कुनै समस्या नभएको बताइन् । गुरुङले पेसाको सम्मान गर्न अनुरोध गर्दै राज्यबाट पाउने सेवा र सुविधामा विभेद हुने गरेको बताइन् । उनले तनहुँ, पर्वत, बागलुङ लगायतका जिल्लाका सिटीइभिटीले गरेको ब्यवहार महिलामैत्री नभएको बताइन् ।
संघको प्रथम अधिवेशनले अध्यक्षमा कल्पना कोइराला, उपाध्यक्ष सनिसा घर्ती, सचिव एनी गर्वुजा पुन, उपसचिव शिला पाण्डे, कोषाध्यक्ष भीमकुमारी गुरौं (चौधरी) चयन भएको निर्वाचन अधिकृत मुरारी शर्माले जानकारी दिए । सदस्यमा संगीता श्रेष्ठ, पुष्पा गुरुङ, रोशनी लो, शर्मिला शर्मा, पार्वती गुरुङ, श्रुति श्रेष्ठ, रिना गुरुङ छन् । गण्डकी प्रदेशका ११ जिल्लाबाट सहभागी प्रतिनिधि र पर्यवेक्षकले प्रथम अधिवेशनमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->