बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

ससुरा ज्वाइका घरका नौ जनाको गएराति काटेर हत्या !


  • Dhorpatan News
  • जेष्ठ ७ २०७६, मंगलबार

पाँचथर, ७ जेठ – पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ। नजिकै रहेका ससुरा ज्वाइका घरका नौ जनाको गएराति काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।
ससुरा घरमा ४ जना र ज्वाइको घरमा ५ जनाको हत्या भएको उनले बताए। त्यस्तै उक्त हत्या घटनामा परी १ बालिका घाइतेसमेत भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको  जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->