पोखरा,९ जेठ – ग्रामीण भेगमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई तमु धिं युकेका सल्लाहकार ओमेन्द्र तमु र कार्यसमिति सदस्य श्रीप्रसाद तमुले २ लाख ५० हजार हस्तान्तरण गरेका छन् ।
एक जना विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्नका लागि ओमेन्द्र तमुले १ लाख २५ हजार र अर्को एक जना विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न श्रीप्रसाद तमुले १ लाख २५ हजार रुपैया तमु साँस्कृतिक प्रतिष्ठानलाई दिएका हुन् ।
उच्च शिक्षा, हाम्रो लक्ष्य नाराका साथ स्थापित प्रतिष्ठानद्वारा ग्रामीण भेकका सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई आर्थिक अभावले बिचैमा पठन पाठन रोक्न नपरोस् भन्ने उद्वेश्यले विगतदेखि सञ्चालित छात्रवृत्ति अभियानलाई विशेष प्रभावकारी बनाउ तमु धिं युकेले वर्षेनी युकेमा आयोजना गर्ने च्यारिटीमा सहयोग हुँदै आएको छ । हाल १६ जिल्लाका ८० भन्दा बढी विद्यार्थीलाई वार्षिक आठ हजार रुपैयाका दरले छात्रवृत्ति वितरण तथा विभिन्न स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्दै आएको छ ।





