सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

हेमजामा खोप सुनिश्चितता

हेमजामा खोप सुनिश्चितता


  • Dhorpatan News
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ – पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्याङ्क अनुसार १सय ६० जना बालबालिका रहेको र उनीहरुलाई पूर्णरुपमा खोप लगाइएको बताइन । यो कार्यक्रम बैशाखमा नै गर्नु पर्ने भएता पनि ४ जना बालबालिकाले खोप नलगाएकाले जेठ महिनामा गरिएको उनले बताइन् । कार्यक्रममा वडा सदस्य जितबहादुर कार्की, महिला स्वयमसेबिका अध्यक्ष शान्ता के.सी, ग्राम प्रकास प्राविका प्राध्यापक मनोहरि तिमिल्सिनाले आफनो भनाइ राखेका थिए ।स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष सोभाखर तिम्सिनाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->