बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालयमा चिनिया भाषा अध्यापन गराउन चिनिया टोलीको अनुरोध

विद्यालयमा चिनिया भाषा अध्यापन गराउन चिनिया टोलीको अनुरोध


  • Dhorpatan News
  • जेष्ठ ११ २०७६, शनिबार

पोखरा,११ जेठ – मित्रराष्ट्र चीनको गोन्जाओ प्रान्तको सेन्जेन शहरबाट नेपालमा शिक्षा तथा सँस्कृति आदान प्रदान कार्यक्रमको लागि आएको चिनिया प्रतिनिधि मण्डलले बागलुङ र कास्कीका सरोकारवालासँग छलफल गरेको छ । त्यहाँका एक शिक्षा अधिकारी उडको नेतृत्वको टोलीले बिहीबार बागलुङका विविन्न माद्यमिकका प्रधानाध्यापकसँग छलफल गरेको थियो । छलफलमा विद्यालय तहमा चिनिया भाषालाई पनि समावेश गर्न सके चीनमा धेरै अवसरहरु प्राप्त हुने जानकारी उडले गराएका थिए ।
शुक्रवार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलसँग समेत छलफल गरी चिनिया भाषाको विकास गर्न सरकारले पहल गरे आफुहरूले सहयोग गर्ने जनाएको सहजकर्ता चाइना – नेपाली रिलेशनशिपमा विद्यावारिधि गर्दै गरेका कृष्णबहादुर केसीले जानकारी दिए । चिनिया पर्यटन बिस्तार र चीन सरकारले उच्च शिक्षामा प्रदान गर्ने छात्रबृत्ति प्राप्त गर्न सहयोग पुग्ने भन्दै उनीहरूले चिनिया भाषा विस्तार गर्न सहयोग गर्न आग्रह गरेको केसीले जानकारी दिए ।
उनीहरूले चीनको गुन्जाओ प्रान्त र गण्डकी प्रदेशका केही उत्कृष्ट विद्यालयबीच भगेनी समन्ध स्थापित गर्न समेत सकिने जनाएको केसीले बताए ।शुक्रवार नै उनीहरूले पोखराको अमरसिंह नमूना माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको समेत अवलोकन गरेका थिए । चिनिया पर्यटक नेपाल घुम्न चाहेपनि भाषाको अभावले गाइड नपाउँदा समस्या भएको भन्दै यहाँको पर्यटन विकासकोलागि भाषाको विकास जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->