बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पौडेल र परियार सम्मानित

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पौडेल र परियार सम्मानित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७६, शनिबार

पोखरा,१८ जेठ – अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका खेलेवापत सो पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो पहिलो पुरस्कार हो । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समुद्घाटन समारोहका सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सो पुरस्कार पत्रकारद्वय पौडेल र परियारलाई प्रदान गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न यसैवर्षदेखि यो पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य रहेका थिए ।
प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आमसञ्चारकर्मीको हौसला थपेको बताउँदै पुरस्कृत प्रतिभाको थप हौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव र कृतित्वको बारे गरे । पुरस्कृत प्रतिभा बासुदेव पौडले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिलेको बताउनुभयो । पौडेल विगत १३ वर्षदेखि र परियार विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
सोही समारोहमा पोखरेली मूर्तिकार विष्णुप्रसाद बराल पनि सम्मानित भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधारशिविरमा स्थापना गर्न लागेको फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक कुलश शिल्पीद्वारा निर्माण गरेवापत सम्मान गरिएको हो । वहाँलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->