बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘ईन्जोय जोन’को सट्टा ‘ईन्टरटेन्ट जोन’ : मुख्यमन्त्री गुरुङ

‘ईन्जोय जोन’को सट्टा ‘ईन्टरटेन्ट जोन’ : मुख्यमन्त्री गुरुङ

'हामीले के सोच्दा रहेछौँ, कहाँ छौँ भन्ने याद आउँछ, पत्रकार, सञ्चारकर्मी, मन्त्री सांसदहरुले नि त्यही सोच्दा रहेछौँ'


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७६, मंगलबार

पोखरा,२१ जेठ – बहस र विरोधको हटकेक बनेको ‘ईन्जोय जोन’ प्रति सोमबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले दिँदै ‘ईन्जोय जोन’ शब्दबारेको नकारात्मक मानसिकता हटाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईतबार ‘ईन्जोय जोन’ सहित विविध विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै सदन नै अवरुद्ध पारेको थियो । सोमबार पनि प्रतिपक्षी दलका सांसदहरु बैठकको सुरुमा नै उठेर विरोध गरेपछि दलका नेता कृष्णचन्द्र नेपालीले पुरानै मागहरुको विषयमा सरकारले जवाफ दिनुपर्ने दोहो¥याए । उनको भनाई सकिएपछि २० मिनेटको लागि सदन स्थगित भयो ।
सोमबारको दोश्रो बैठकमा सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री गुरुङले उक्त आग्रह गरेका थिए । ‘ईन्जोय जोन’ शब्दप्रतिको नकारात्मक सोच सञ्चारकर्मी देखि मन्त्री, सांसदहरुको सोचाई एउटै रहेको समेत उनले बताए ।
“हामीले के सोच्दा रहेछौँ, कहाँ छौँ भन्ने याद आउँछ, पत्रकार, सञ्चारकर्मी, मन्त्री सांसदहरुले नि त्यही सोच्दा रहेछौँ, ईन्जोय जोन भन्नेबित्तिकै नकारात्मक पाटो हेर्दा रहेछौँ ।” उनले भने ।
बाहिर भनेजस्तो कानूनले वर्जित गरेका कुनै पनि कार्य त्यहाँ नहुने उनले प्रतिबद्धता व्यक्त गरे । तर, ईन्जोय जोन चाहिँ एउटा प्रोजेक्ट भएको उनले स्विकार गरे ।
तर, यो यौनधन्दा चलाउने खालको, गाँजा, ड्रग्स प्रवद्र्धन गर्ने खालको नभई एक फ्रेस पर्यटकले कसरी ईन्जोय लिन्छ, सो अनुसारका सुविधा सम्पन्न पार्क, रिसोर्ट वा अन्य कुनै योजना हुनसक्ने उनको भनाई थियो ।
“फन पार्क बनाउने, आइटि पार्क बनाउने, इस्पेशल खाल्लको रेष्टुरेण्ट बनाउनुलाई नै हामीले इन्जोयजोन भन्नुपर्छ इनटरटेनमेन्ट जोन भन्नुहोस, रिफ्रेस जोन भन्नुहोस तपाईले जे जसरी बुझे पनि सबै प्रकारको पर्यटकीय सेवा उपलब्ध गराउने थलोको रुपमा हामीले विकास गर्न खोजेका हौं ।” उनले भने ।
आवासको व्यावस्था, विभिन्न मुलुकको खानाको लागि रेष्टुरेण्ट, लाइव्रेरी, नेपाली म्युजिक कल्चर, सांस्कृतिक ग्राम, पार्क, केभ, गाडर्नेन, जिम हल, सहासिक खेल गतिविधि, जलक्रियाकलाप, मेडिटेसन, स्पाः, मसाज, पर्यटन सुचना केन्द्र लगायतका सेवा एकै ठाँउबाट दिईने र त्यसलाई ‘ईन्जोय जोन’ को नाम दिईएको उनले बताए ।
लगानी सम्मेलनको लागि प्रदेशका कुनकुन योजनाहरु लगानी योग्य हुन्छन त भन्ने क्रममा यो योजना पनि एक भएको उनको भनाई थियो ।
यो योजना चाहिँ पोखराको क्षेत्रमा हल्लनचोक देखि पामेसम्म, सराङकोट देखि कास्कीकोटसम्म, कुभिण्डे देखि मट्टिखाँनसम्म, ढिकीडाँडा देखि गर्लामसम्म, रुपा देखि बेगनाताल सम्मका ठाँउमा अध्ययन गरी लगानी कर्ताहरुलाई यी पूर्वाधार निमार्णको लागि योजना अघि सार्न लागिएको उनले बताए ।
प्रतिपक्षीले उठाएको मोडल फार्म, होमस्टे लगायतका विषयहरुमा भने कार्यविधी बनाउँदा चुकेको उनले बताए । “पहिलो वर्ष हो, २४ अर्बको बजेट खर्च गर्न सीमित कर्मचारीहरु छन्, कार्यविधी थुप्रै बनाउनु छ, हतारमा बनाउँदा हामी चुक्न पुग्यौँहोला तर नियतवश हामीले दामासाहीको रुपमा अनुदान दिएका छैनौँ ।” उनले प्रष्टाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->