पोखरा,६ असार -पर्वतमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन ्।
पोखराबाट बागलुङतर्फ आउदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ जादै गरेको ना ५ ख ६३५२ नं. को यात्रुवाहक बस पातिचौरमा एकआपसमा ठोक्किदा थापाको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लैजान लागिएको भएपनि बाटोमा नै मृत्यु भएको हो । प्रहरीले बस र चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





