शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित प्रधानमन्त्रीलाई हस्ताक्षर

मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित प्रधानमन्त्रीलाई हस्ताक्षर


  • Dhorpatan News
  • असार ७ २०७६, शनिबार

बागलुङ, ७ असार – संसदमा प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित नेपाल पत्रकार महासंघ बागलुङले प्रेस स्वतन्त्रताका पक्षमा सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन बागलुङका प्रमुख जिल्ला अधिकरी लुक बहादुर क्षेत्री समक्ष बुझाएको छ । नेपाल पत्रकार महासंघको तेस्रो चरणको आन्दोलन अन्र्तगत मंगलबार बागलुङ बजारमा प्रेस स्वतन्त्रताका पक्षमा रहेका व्यक्तिहरुको हस्ताक्षर संकलन गरी शुक्रबार प्रजिअ मार्फत प्रधानमन्त्री केपी वलीलाई पठाइएको हो ।

मिडिया काउन्सिल विधेयक फिर्ताको माग राख्दै नेपाल पत्रकार महासंघले देशभरी शान्ति पूर्ण आन्दोलन गर्दै आएको छ । हस्ताक्षर बुझाउँदा बागलुङमा क्रियाशिल सवै पत्रकारहरुको सहभागिता रहेको थियो ।

सरकारले ल्याउन लागेको विधेयकले प्रेस स्वतन्त्रतालाई बन्देज गर्ने मात्र नभएर व्यक्तिहरुको सुचना पाउने अधिकारलाई समेत खोस्ने खोजेको भन्दै यसलाई खारेज गर्नु पर्ने नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->