शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सार्वजनिक खर्चबारे अभिमुखीकरण

सार्वजनिक खर्चबारे अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७६, बिहिबार

बागलुङ, १२ असार – सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वका बिषयमा सरोकारका बिचमा बुधबार बागलुङ बजारमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व जिल्ला इकाई बागलुङले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । सार्वजनिक खर्च गर्दा व्यक्तिगत र संस्थागत स्वार्थ भन्दा माथि उठेर अधिकतम सर्वसाधारणको हितमा गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक खर्चमा सुशासनको अवश्यकता रहेको औंल्याए । सुशासन तथा सदाचार प्रवद्र्धन कार्यक्रममा जोड दिनु पर्ने भन्दै क्षेत्रीले जिम्मेबार सरोकारवालाहरुले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व बिषयक कार्यपत्र प्रस्तुत गर्दै प्रमुख कोष नियन्त्रक केशवराज ढकालले कानून र व्यवहारिक पनलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । सार्वजनिक खर्च गर्दा कानूनको अनबिज्ञताले समस्या हुने गरेको भन्दै उनले समयानुकुल परिवर्तन भएका कानूनहरुको जानकारी राख्न सरोकारवालालाई आग्रह गरे । प्रमुख कोष नियन्त्रक ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रामकृष्ण सापकोटा र सञ्चालन दयाराम शर्माले गरेका थिए । प्रशिक्षार्थी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->