शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य बिमामा १३ हजार जोडिए

स्वास्थ्य बिमामा १३ हजार जोडिए


  • Dhorpatan News
  • असार १३ २०७६, शुक्रबार

बागलुङ, १३ असार – नागरिकको स्वास्थ्य सेवामा राज्यको लगानी बढाउन थालिएको स्वास्थ्य बीमा कार्यक्रममा १३ हजार २ सय जना बिमित भएका छन् ।
सानो अंकको प्रिमियमबाट ठूलो अंकको बीमा गर्न पाईने र निशुल्क औषधिको समेत व्यवस्था भएपछि आर्कषण बढेको हो । २०७२ सालदेखि शुरु भएको यो अभियान बुझाउन समय लाग्दा अघिल्ला बर्ष बीमा गर्नेहरु कम थिए । चालु बर्षको चैत मसान्त सम्म आइपुग्दा बागलुङका ४३ हजार ३ सय जनाले स्वास्थ्य बीमा गरेका छन् ।
अघिल्लो बर्षसम्म २ हजार ५ सय रुपैयाँ तिरेर ५ जनाको परिवारको बीमा गर्न सक्ने व्यवस्था थियो । उक्त बीमाबाट ५० हजार रुपैयाँको उपचारका लाग परिवारका ५ जना सदस्यले सेवा लिन सक्थे । चालु बर्षदेखि भने सरकारले प्रिमियम अंक र सेवा सुविधा समेत थप गरेको छ ।

यो बर्षदेखि ३ हजार ५ सय रुपैयाँको प्रिमियमबाट १ लाख रुपैयाँ सम्मको औषधि तथा उपचार सेवा पाउने व्यवस्था भएको धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले बताए । आर्थिक रुपमा बिपन्न र सिमान्तकृत नागरिकलाई सहजै स्वास्थ्य सेवा दिनका लागि बीमा अभियान ल्याइएको थियो । बिपन्न समुदायलाई शत प्रतिशत, सिमान्तकृतलाई ७५ प्रतिशत र सामान्य गरिब नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था समेत गरेको छ । बीमाका लागि कार्यक्रमले दर्ता सहयोगी घरघरमा पठाउने व्यवस्था समेत गरेको छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले कृतिम गर्भाधान, दाँत उपचार र कस्मेटिक सर्जरी लगायतका उपचार सेवामा भने बीमा कार्यक्रम आर्कषित नहुने उनले बताए । बीमामा दर्ता भएको ४ महिना देखि बिमितले स्वास्थ्य सेवा पाउने प्रावधान छ ।

स्वास्थ्य कार्यालयमार्फत सरकारले अनुदान दिएर बिमितको संख्या बढाउने योजना राखेको छ । जिल्लाका ४ हजार घरका २० हजार नागरिकलाई निशुल्क बीमा गराउने योजना ल्याएको सरकारले अहिलेसम्म काम भने थालेको छैन । शुरुमा बीमा गरेका बिमितले औषधि नपाएपछि रिन्यु नगरेको गुनासो बढेको छ । ‘मुटुरोग सहितका दिर्घ रोगीले भने रिन्यु गरेका छन्, अरुको चासो कम छ’ जिल्ला स्वास्थ्यका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले भने, ‘औषधि नपाएकोले धेरैको गुनासो आउने गरेको हो ।’
प्रशिक्षार्थी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->