पोखरा, १४ असार – गण्डकी प्रहरीले दुर्घटना न्यूनिकरण गर्न सरोकारवालाहरुसँग छलफल थालेको छ । प्रहरीले दुर्घटना न्यूनिकरण र सडक सुरक्षाको लागि नयाँ रणनीतिसाथ अगाडि बढ्ने निर्णय पनि गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सडक दुर्घटना न्यूनिकरण गर्न सरोकारवाला निकायहरुबीच समन्वय हुनुपर्नेमा जोड दिए । उनले दुर्घटना न्यूनिकरण गर्न चाहिने जनशक्ति र उपकरणहरुहरु व्यवस्थापनमा प्रदेश सरकारले सघाउने वचनवद्धता व्यक्त गरे । दुई चरणमा भएको सो कार्यक्रमको पहिलो सत्रमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरोकारवालाहरु सहभागि थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्माले सडक प्रयोगमा सचेतना कम हुँदा सडक दुर्घटना बढेको धारणा राखे ।कास्क्री जिल्ला ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले सडक दुर्घटनाका कारण र समाधानका उपायहरुबारे बोलेका थिए ।





