बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सफल सहकारीद्वारा मानव सेवा आश्रममा सहयोग

सफल सहकारीद्वारा मानव सेवा आश्रममा सहयोग


  • Dhorpatan News
  • असार १४ २०७६, शनिबार

पोखरा, १४ असार –पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ ।सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो ।आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष हरिप्रसाद बास्तोलाले आश्रमका सहसंयोजक राजन सापकोटालाई सो रकम हस्तान्तरण गरेका हुन ।डेढ महिने शिशुदेखि ९० बर्ष उमेर समूहका ९० जना आश्रित व्यक्ति एवम् सात जना सेवकसेविका रहेको आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।खुला आकाशमुनि सडकका किनारा एवम् सार्वजनिक स्थालमा कष्टपूर्ण जीवन यापन गर्न वाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरि पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।
२०७४ साल चैत महिनामा स्थापित भै सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाश मुनि सडकमा मागी खाने र मनोरोगी दुई सय ५५ जनाको उद्धार गरेको र ती मध्ये ८० जनालाई घर परिवारमा पुर्नस्थापित गरिएको संयोजक तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->