पोखरा ,१८ असार – गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्यसमितिले पूर्णता पाएको छ । मंगलबार गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदु अधिकारीले कमर्सको प्रथम उपाध्यक्षमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलाई चयन गरेका हुन ।
कमर्सको द्वितीय उपाध्यक्षमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, महासचिवमा राजु श्रेष्ठ मनोनित भएका छन । त्यसैगरी सदसस्यहरुमा स्याङजा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ , कास्की चेम्बर अफ कमर्सका उपाध्यक्ष यम नाथ पौडेल र तेजेन्द्र पौडेल मनोनित भएका छन ।
कायसमिती चयनपछि सम्पन्न पहिलो बैठकमा वोल्दै यदु अधिकारीले गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला र नगरहरुमा चेम्बर गठन गरी व्यवसायिक हक हितको लागि स्थानिय सरकार, संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी अगाडी बढ्ने बताए । त्यस्तै चेम्बरका उपाध्यक्ष किसान सुनारले गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका ब्यवसायीहरुलाई कर शिक्षासँगै व्यवसायिक शिक्षा प्रदान गरी समृद्ध प्रदेश बनाउनका लागी चेम्बर लागिपर्ने बताए ।





