शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्कोट नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम

गल्कोट नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम


  • Dhorpatan News
  • असार १७ २०७६, मंगलबार

गल्कोट कल्याणकारी कोष स्थापना गरिने
गल्कोट नगरपालिकाको आर्थिक, सामजिक सांस्कृतिक, भौगोलिक अवस्था र नेपालको संविधान २०७२ को अनुसुची(८ मा उल्लेखित अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित स्थानीय तहको काम, कर्तव्य र अधिकारलाइ अत्मसाथ गरी आगामी आर्थिक वर्षलार्इ सामजिक आर्थिक रुपान्तरण वर्षका रुपमा घोषणा गरी सोही आगामी आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

चालु आर्थिक बर्षको सँक्षिप्त समिक्षा ः
चालु आर्थिक बर्षमा हाल सम्म वितीय प्रगतितर्फ ‍६२ प्रतिशत प्रगती हासिल भएको छ । यसैगरी आन्तरिक आयतर्फ ३० प्रतिशत प्रगति हासिल भएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई जनताको घर दैलो सम्म पुर्याउन नगरपालिका दत्तचित्त परी लागिरहेको छ । विपदमा परेका मानिसहरुको उद्धार एवं पुर्नर्स्थापना कार्य प्रभावकारी बनाउन गल्कोट नगरपालिका दैवी प्रकोप उद्धार समिति गठन गरी नगर प्रमुख दैवी प्रकोप उद्धार कोष स्थापना गरिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैकिङ प्रणालीलाइ घरगाउमा पुर्याउने व्यवस्था गरिएको छ । नगरको सबै क्षेत्रहरुको जानकारी बस्तुगत रुपमा सँकलन गरी त्यसैको आधारमा बजेटको बाँडफाँड र लक्षित कार्यक्रम सँचालन गर्न विस्तृत बस्तुगत विवरण तयारी गर्ने कार्यको थालनी गरिएको छ । नगरपालिका घोषणा हुनु पूर्व बनेका सबै घरहरुको अभिलेखिकरण प्रक्रिया सुरु भएको छ भने घर नक्सापाश गर्ने कार्य सुरु गरिएको छ । हालसम्म नगरपालिकालाई अवश्यक पर्ने अधिकांश ऐन, नियमावली, कार्यविधि तथा निर्दिशका अन्य कानुनहरू निर्माण गरी लागु गिरएको छ भने आवश्यक थप कानुनहरु निर्माणको क्रममा रहेका छन । नगरपालिका क्षेत्रको बस्ती विकास शहरी विकास तथा सडकहरुलाई ब्यवस्थित गर्न भवन तथा सडक निर्माणको आधारभुत मापदण्ड लागु भएको छ । स्वास्थ्य , शिक्षा, कृषि, पशु, पुर्वाधार विकास जस्ता विषयहरुको छुट्टा छुट्टै विषयगत नीति तय गरिएको छ । दिगो विकासको लक्ष्य अनुरुप सेवाग्राही महिला तथा नवजात शिशुको स्वास्थ्य सँस्था सम्मको पहुँच बढाई मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन तथा पोषणको अभावले हुने समस्याहरु न्युनीकरण गर्ने उद्धेश्यले नगरप्रमुख मातृ तथा शिशु स्याहार पोषण भत्ता दिने कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।
चालु आर्थिक वर्षमा गल्कोटबासीका न्युनतम आवश्यक्ताका स(साना कार्यक्रम देखी नगरगौरवका ठुला र सबै स्थानीय बासी लाभान्वित हुने खालका योजना समेत कार्यान्वयन गरिएको छ । नगरपालिकाको भावी कार्यदिशा तय गर्न समुदायमा आधारित नगर विकास योजना, एवं जि।आइ।एस। म्यापिङको काम सम्पन्न भएको छ। प्रशासनिक सेवा प्रवाहलाइ प्रभावकारी बनाउन क्रममा ढिलासुस्ती हटाउने र पारदर्शितालाइ वढवा दिने गरिएको छ । भौतिक निर्माण संगसंगै सामाजिक उत्थानका स्वास्थ्य र शिक्षा सवैलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिएको छ । संघ र प्रदेशबाट सोझै आएका योजनामा लागत सहभागिता जनाइ सम्पन्न गरिएका छन् । महिला,दलित जनजाति लक्षित कार्यक्रमहरु समुदाय स्तरमा नै सम्पन्न भएका छन् ।
नगरपालिकाका सबै गतिविधिहरु जनताको हातहामा पुर्याउन ूगल्कोट नगरपालिकाू को एन्ड्रोईड मोवाईल एप्स तयार गरिएको छ । जनताको सुचनाको हक सुनिश्चित गर्नको लागी सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा नगरपालिकाको आफ्नै वेभसाईट धधध।नबपियतmगल।नयख।लउ सँचालनमा ल्याईएको छ । समृद् गल्कोट निर्माणमा मेरो योगदान, नगरको अभिभावक, घुम्टे पत्रकारिता पुरस्कार र स्रस्टा सम्मान कार्यक्रम जस्ता सम्मानहरुको स्थापना गरिएको छ ।
प्रमुख नीति तथा कार्यक्रमहरु ः
समग्र नीति तथा कार्यक्रमहरुः
नगरपलिकाको कार्यालय व्यवस्थापनका लागि उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरी कार्यालय भवन निर्माण गरिने छ । साथै वडा कार्यालय,स्वास्थ्य चौकी र फोहोरमैला व्यवस्थापनका लागि जग्गाको व्यवस्था गरिनेछ ।
नगरवासी नगरिकहरुको आफ्नो नजिकको स्थानबाट सेवा प्राप्त गर्ने अवसर प्रदान गर्न गल्कोट नगरपलिका र छिमेकी गांउलिकाहरुको समेत केन्द्र रहने गरी नगरपालिकभित्र ईलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिनेछ साथै नापी र मालपोत कार्यालय समेत स्थापनाका लगि आवश्यक पहल गरिनेछ ।
मध्यपहाडी लोकमार्गको आसपासमा अनियन्त्रित तवरले मापदण्ड विपरित बनेका घर टहराको व्यवस्थापन र नियमन गर्न विधमान कानुनको अधिनमा रही कारबाही प्रकृया अगाडी बढाईने छ ।
शहरी विकास पूर्वाधार न्यून रहेका वडाहरूमा नगर स्तरीय विकासका विशेष कार्यक्रमहरू सञ्चालन गरी सवै वडाहरूको समतामूलक विकास सुनिश्चित गर्दै समृद्ध नगरको गौरवशाली नगरको आधार सुनिश्चत गरिनेछ ।
नगरपालिकाको सेवा प्रवाहमा सुशासनको अनुभुति दिलाई राष्टियस्तरमै पहिचान कायम गराउन वित्तीय अनुशासन कायम गरी आर्थिक पारदर्शितता र मितव्ययीतालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
एकीकृत, दीर्घकालिन एवं दिगो विकासको निम्ती आवधिक योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।
कृषि क्षेत्रको रूपान्तरण, पर्यटन प्रर्वद्धन, साना तथा मझौला व्यवसायको विस्तारमार्फत उत्पादनमा बृद्धि गरिनेछ ।
धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको विकास तथा प्रवर्द्धन गरी नगरलाई पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गरिनेछ ।
लैगिँक समानता र सामाजिक समावेशीकरण मार्फत सामाजिक न्याय स्थापित गर्न जोड दिईनेछ ।
सार्वजनिक सम्पत्तिको सँरक्षण र प्रवद्धन गर्नुका साथै त्यस्ता क्षेत्रहरुको विकासमा जोड दिईनेछ।
सरसफाई र वातावरण सँरक्षणमा विशेष जोड दिई त्यस क्षेत्रमा अग्रणी नगरपालिकाको रुपमा स्थापित गरिनेछ।
भौतिक, आर्थिक तथा सामाजिक पुर्वाधार विकासमा विषेश जोड दिईनेछ ।
सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्र, दातृ निकाय, गैससको सहभागिताको लागि उपयुक्त वातावरण शिर्जना गरिनेछ ।
क्षेत्रगत नीति तथा कार्यक्रमहरु ः
क।आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रमहरु ः
आयात प्रतिष्थापन,स्वरोजगारको शिर्जना, विकासको मुल आधार कृषि र पशुपालन नै रहेको र पुरानो निर्वाहमुखी खेती प्रणालीलाई सामुहिक र सहकारीमा आधरित प्रणालीमा प्रतिष्थापन गर्न आवश्यक भएकोले आर्थिक विकास सम्बन्धी निम्न नीति र कार्यक्रम तय गरिने छ ।
कृषि तथा पशु सम्बन्धी कार्यक्रम
गल्कोट नगरपालिका क्षेत्रका कृषि योग्य स्थानहरुको पहिचान गरी एक गाउ एक बालीको रुपमा नमूना व्यवसायिक खेतिका लागि प्राथमिकता दिईनेछ ।
गल्कोट नगरपलिकाभित्र संचालनमा रहेका मकै, आलु, सुन्तला र अलैची पकेट क्षेत्रको विस्तार गरी निरन्तरता दिइनेछ ।
पशुहरुमा लाग्ने महामरी रोग खोरेत, चरचरे, भ्यागुते र पि।पि।आर र रेविज विरुद्ध अभियानकै रुपमा खोप कार्यक्रम संचालन गरिनेछ ।
पशुपालनमा उत्पादन लागत कम गर्नको लागि घांसमा आधारित पशुपालन नीति अवलम्बन गरिनेछ । कृषकको माग बमोजिम वर्षे रबहुवर्षे र डालेघांस विउ वेर्नाको व्यवस्था मिलाइनेछ ।
प्रांगरिक खेती तर्फ प्रोत्साहन गर्नको लागि कलस्टरमा भकारा सुधार, प्रांगरिक तथा जैविक मल उत्पादन विषेश कार्यक्रम लागु गरिनेछ ।
कृषकहरुले आफ्नो उत्पादन सस्तो मुल्यमा बेच्नुपर्ने र आफुलाइ चाहिने सामाग्री महंगोमा किन्नुपर्ने अवस्थालाई अन्त्य गर्नको लागि प्रत्येक वडामा सुपथ मुल्य पैचो पसलको स्थापना गर्न पहल गरिनेछ ।
नगरभित्रका सम्पुर्ण कृषकहरुको वर्गीकरण गरी परिचयपत्र जारी गरिनेछ ।
बर्गीकृत कृषकको तथ्यांक बमोजम कृषि उत्पादनका कार्यक्रम तय गरिनेछ ।
गल्कोट नगरपालिकाको प्राकृतिक सम्पदा दरमखोलाको माछा संरक्षण र उत्पादन कार्यक्रम गरी स्थानीय उत्पादनलाई रष्टियस्तरमा परिचय गराईनेछ ।
नगरपलिका का सबै क्षेत्रको माटो परीक्षण गरी माटोको सुधार गरिनेछ ।
गल्कोटको उपयुक्त क्षेत्र पहिचान गरी बाख्रा विषेश कार्यक्रम लागु गरिनेछ ।
प्रत्येक घरमा मौसमी फलफुलको बोट अनिवार्य लगाउने नीति लिइनेछ ।
बंगुरपालन,कुखुरापालन,गाइभैसीपालन र भेडापालनको प्याकेजको रुपमा कार्यक्रम लागु गरिनेछ ।
ब्दिभलमबशयभि, इहथअयिकबmष्मभ, ीष्खबmष्कय िजस्ता ओषधी निशुल्क वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
पशु नश्ल सुधारको प्रमुख आधार कृतिम गर्भाधान भएकोले सार्वजनिक निजी साझेदारीमा उक्त कार्यक्रम प्रभावकारी बनाइनेछ ।
पशुपंक्षी र बालीनाली विमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचारात्मक र जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
जमिन हुने कृषकका लागि मेरो लागी म आफै उब्जाउछु भन्ने नाराका साथ खधान्न, तरकारी, फलफुल र पशुपंक्षी जन्य उत्पादन बृद्धिका लागि विषेश कार्यक्रम लागु गरिनेछ ।
विदेशबाट फर्केका र शिक्षित बेरोजगार युवालाइ सामुहिक रसहकारीमा आधारित कृषि व्यवसायमा आकर्षण गर्न विषेश अनुदानको व्यवस्था मिलाइनेछ ।
सहकारी खेती र सामुहिक खेती प्रणालीको विकास तथा विस्तारको लागी विशेष नीति तय गरी लागु गरिनेछ ।
स्थानीय साकिने, घाटी खुइले, प्वाख उल्टे कुखुराको संरक्षण र विकासको लागि नगरस्तरीय ह्याचरीको स्थापना गरिनेछ ।
रैथाने बाली संरक्षण र बिस्तारको लागी कृषि अनुसन्धान परिषदसंगको सहकार्यमा अनुसन्धान विकास र विस्तारका कार्यक्रम अगाडी बढाइनेछ ।
बाली उपचार शिविर, पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर संचालन गरिनेछ ।
परम्परागत खाधान्न कोदो, फापर, जौ, उवा, गहु र मकैको उपभोग बढाउन खद्ध परिकार निर्माण तालिमको संचालन गरिनेछ ।
पुष्प खेतीलाई विषेश प्राथमिकताका साथ अगाडी बढाइनेछ । फुलको खपत बृद्धि गर्नको लागि सार्वजनिक कार्यक्रममा खादाको प्रयोगलाइ निरुत्साहित गरिनेछ ।
सामुहिक रुपमा फर्म खेती वा सहकारीतामा आधारित कषि खेती गर्न इच्छुक युवाहरुलाइ अनुदान उपलब्ध गराउने व्यवस्था गरिने छ
रेन्बो ट्राउट र असला माछापालन गर्न चाहने युवालाइ विषेश अनुदानको व्यवस्था गरिनेछ ।
नगरस्तरीय कृषि तथा पशुमेला प्रदर्शनीको आयोजना गरिनेछ ।
कृषकको क्षमता तथा सीप विकासको लागी तालिम तथा अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
कृषि तथा पशुविकास दीर्घकालीन योजना तर्जुमा गरिनेछ ।
युवा लक्षित नमुना पशुपालक कृषकलाई अनुदानको व्यवस्था मिलाइनेछ ।
निजी क्षेत्र संगको सहकार्यमा पशु बधशाला संचालन व्यवस्थापन गरिनेछ । साथै मासु पसलको नियमित अनुगमन र नियमनलाई प्रभावकारी बनाइनेछ ।
सार्वजनिक जग्गा तथा नदी किनारमा कृषि र फलफुल तरकारी खेती गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ ।
उच्च मुल्य र निर्यात सम्भावना भएका वाली पहिचान तथा त्यस्ता उत्पादनको निर्यातमा प्रोत्साहन गरिनेछ ।
सहकारी संस्थाहरुको क्षमता विकास गर्नुको साथै विकास कार्यमा सहकारी संगको साझेदारीतामा जोड दिइनेछ ।
दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार डेरी उधोगको स्थापना तथा संचालन गर्ने नीति लिईनेछ ।
सहकारी मार्फत कृषिजन्य उत्पादनको खरिद विक्री प्रकियालाई सरलिकरण एवं व्यवस्थित गरिनेछ ।
सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी मापदण्डको निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
सहकारी सम्बन्धी संघीय, प्रदेश र स्थानीय सँघसँस्थासंग समन्वय र सहकार्य गरिनेछ ।
सहकारी सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धानलाइ प्रभावकारी बनाइनेछ ।
स्थानीय सहकारी क्षेत्रको प्रबर्द्धन, परिचालन र विकास गरिनेछ ।
विकास र सामाजिक क्षेत्रका कार्यमा सहकारी संग साझेदारी गर्ने नीति लिईनेछ ।
प्रत्येक टोलमा कृषक समु गठन गरी वडास्तरीय कृषि तथा पशुपालन समिति र नगरस्तरीय कृषक संजाल गठन गरी समुह समिति र संजालबाट माग भई आएका कार्यक्रम संचालन गरिनेछ ।
पर्यटन ः
गल्कोट नगरपालिकाको पहिचानको रुपमा रहेको घुम्टे धुरी,गल्कोट मुर्तिकला ,शिवधुरी,गल्कोट दरबार, कोटमैदान, थालेपोखरा, उदय बुद्धविहार,रा म्चेढुंगा, निलुवाको लेक ,कालिलेक, भुमेस्थान मन्दिर, पाण्डुकेशर गुफा, हलहलेको धुरी, गाजाको दह र सहस्रधारा झरना जस्ता पर्यटकीय सम्भावना बोकेका स्थानहरुमा आन्तरिक र बाह्य पर्यटकको गन्तव्यको रुपमा विस्तार गर्न आवश्यक पुर्वाधारको विकास गरिनेछ ।
ऐतिहासिक, कोतघर पुरातात्विक स्थलको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्ने नीति लिईनेछ ।
प्रदेश संगको साझेदारीमा नगरपालिका अन्तर्गत संचालनमा रहेको होम स्टे सञ्चालन कार्यलाइ प्रभावकारी बनाउन उचित कार्यक्रमको व्यवस्था गरिनेछ ।
नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाइ एक हप्ता सम्मको सेवा सुविधा सहित भ्रमणको व्यवस्था गरिनेछ ।
उद्धोग तथा व्यापार ः
नगरपालिका क्षेत्रमा एउटा उद्योग ग्राम स्थापना गर्नको लागी सम्भाब्यता अध्ययनको कार्यलाइ अगाडी बढाइनेछ ।
स्थानीय उद्योग बाणिज्य सँघसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीको मोडलमा एउटा नमुना परियोजना सँचालन गरिनेछ ।
गल्कोट क्षेत्रलाई व्यापरिक केन्द्रको रुपमा व्यवस्थित गर्न उपयुक्त कार्यक्रम संचालन गरिनेछ।
उपभोक्ता अधिकार, गुणस्तर सम्बन्धी जनचेतना अभिवृद्धी गराउने र नियमित बजार अनुगमन र नियमन प्रणालीको विकास गरिनेछ ।

सामाजिक विकास सम्बन्धि नीति तथा कार्यक्रमहरुः
स्वास्थ्य र शिक्षित जनशक्ति विकासको आधार नै हुन । शारिरिक मानसिक र सामाजिक स्तरबाट स्वस्थ ज्ञानविज्ञान र चेतनाबाट ओतप्रोत भएको नागरिक गल्कोटको आवश्यक्ता हो । त्यसैले स्वस्थ र शिक्षित नागरिक बनाउन यस नगरपालिककाले सामाजिक विकास सम्बन्धी तपसिल बमोजिमको नीति लिएको छ ।
शिक्षा सम्बन्धी ः
विद्यालय शिक्षालार्इ व्यवस्थित बनाउन शिक्षा ऐन, नियमावलीलगायतका आवश्यक कानुनहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
प्रारम्भिक बालशिक्षाको सवलीकरणमार्फत कक्षा १ को सिकाइलार्इ प्रभावकारी बनाई समग्र विद्यालय शिक्षाको गुणस्तरमा टेवा पुर्याउन प्रारम्भिक बालविकास केन्द्रको क्षमता विकास, शैक्षिक सामग्री व्यवस्थापन कार्यमा जोड दिइनेछ । साथै प्रारम्भिक बालशिक्षाका सहजकर्ताहरूको मनोबललार्इ उच्च राख्न प्रोत्साहन अनुदान एवम् पोशाकको व्यवस्था गरिनेछ ।
चालु शैक्षिक सत्रलार्इ कक्षा १ सुधार वर्षका रूपमा मनाउन कक्षा १ मा विद्यार्थीको बसाइ व्यवस्थापन, शैक्षिक सामग्री व्यवस्थापन, निरन्तर विद्यार्थी मूल्यांकन एवम् शिक्षकहरूको क्षमता विकासमा जस्ता गतिविधिहरुमा विषेश जोड दिइनेछ ।
विद्यालय उमेरका सबै बालबालिकाहरू विद्यालयमा भर्ना भए नभएको तथ्यांक अद्यावधिक गरी शैक्षिक सत्र २०७७ को प्रारम्भसँगै सबै बालबालिकाहरूलार्इ विद्यालय शिक्षाको पहुँचभित्र ल्याइनेछ ।
जनसंख्याको बनोट र भौगोलिक अवस्थासमेतलार्इ मध्यनजर गर्दै विद्यार्थी संख्या न्यून भएका र नजिकको दुरीमा रहेका विद्यालयहरूलार्इ समायोजन एवम् एकीकरण गरिनेछ । यसरी समायोजन भएका सामुदायिक विद्यालयको सवलीकरणका लागि निश्चित मापदण्डका आधारमा थप टेवा पुर्याइनेछ ।
सामुदायिक विधालयमा शिक्षकको समुचित व्यवस्थापन गर्न चालु आ।व। २०७५।०७६ मा शुरू गरिएको काज सरुवाको कार्यलार्इ आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।
सामुदायिक विधालयको शैक्षिक गुणस्तर अभिवृद्दिका लागि पूर्वाधारको विकास र तिनीहरूको समुचित उपयोगमा जोड दिइनेछ । यसका लागि विद्यालयलार्इ कार्यसम्पादनमा आधारित अनुदान, नमूना विद्यालय विकास एवम् शिक्षकलार्इ नविन प्रविधिको प्रयोगसँग परिचित गराउन क्षमता विकासलगायतका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
विद्यालयमा शैक्षिक सुशासन तथा व्यवस्थापनमा सुधार ल्याउन अनुगमन मूल्यांकन प्रणालीलार्इ प्रभावकारी बनाइनेछ । यसका लागि विद्युतीय हाजिरी, विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयन, लेखा व्यवस्थापन, सामाजिक परीक्षण कार्यका लागि क्षमता विकास एवम् आवश्यक टेवा प्रदान गर्नुका साथै वडा शिक्षा समिति लाई प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
विद्यार्थी तथा शिक्षकको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरार्इ सर्वाङ्गीण विकासमा टेवा पुर्याउन नगरप्रमुख रनिङ शिल्ड प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सांस्कृतिक क्रियाकलापलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालनमा निरन्तरता दिइनेछ । यस कार्यका लागि विद्यालयहरूलार्इ समेत उत्प्रेरित गरिनेछ ।
सामुदायिक र संस्थागत विधालयहरुबीच रहेको गुणस्तरको अन्तरमा कम गर्न तथा दुई विधालय वीचका असल अभ्यासहरुको आदानप्रदान गराउन साझेदारीका कार्यक्रम संचालन गरिनेछ ।
सामुदायिक विद्यालयको शैक्षिक पुर्वाधार निर्माण, मर्मत सम्भार र व्यवस्थापनमा जोड दिईनेछ
नगरपालिका भित्रको एकमात्र क्याम्पस गल्कोट बहुमुखी क्याम्पसको संस्थागत क्षमता विकास गरिनेछ ।
प्रतिभावान विधार्थीलाई सहयोग पुर्याउन विज्ञान तथा प्रविधिको अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि पहल गरिनेछ ।
स्वस्थ्य सम्बन्धी नीति तथा कार्यक्रम ः
नागरिकको आधारभुत स्वास्थ्य अधिकारको प्रत्याभुतीको लागी स्वास्थ्य
सँस्थाहरुको क्षमता विकास गरिनेछ ।
प्राथमिक स्वाथ्य केन्द्र हरिचौरलाई स्तरबृद्धि गर्दै १५ शैयाको अस्तपताल निर्माणको लागि कार्य अगाडी बढाईने छ ।
स्वास्थ्य सेवा सम्बन्धी भौतिक पुर्वाधारको विकास तथा ब्यबस्थापनलाई जोड दिईनेछ ।
नगरप्रमुख मातृ शिसु पोषण कार्यक्रमलाइ थप प्रभापकारी बनाइ निरन्तरता दिइनेछ
स्वस्थ्य मः स्वस्थ्य नगर कार्यक्रमलाई निरन्तरता दिनको लागी कार्यक्रम सँचालनमा ल्याईने छ ।
हरेक नागरिकहरुलाइ स्वास्थ्य विमाको पहुंचमा ल्याइनेछ ।
पूर्ण खोपको दिगोपनालाइ निरन्तरता दिइने छ ।
ओषधी आपुर्तिलाइ मागमा आधारित बनाइ स्वस्थ्य चौकीबाट उपलब्ध हुने ‌ओषधीको आपुर्तीलाइ प्रभावकारी बनाइनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई थप प्रभावकारी वनाउन स्वयंसेविकाहरुको लागि आधारभुत तालिमको व्यवस्था गरिनेछ ।
गल्कोट नगरपालिकामा क्रियाशील सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भत्ताको व्यस्था गरिनेछ ।
स्वास्थ्य चौकीहरु र शहरी स्वास्थ्य केन्द्रहरुलाई स्रोत साधन सम्पन्न बनाउंदै सेवा विस्तार गर्दै लगिनेछ ।
सबै स्वास्थ्य सँस्थाहरुमा न्युनतम सुविधा सहितको प्रयोगशाला सेवा शुरु गर्न उपयुक्त कार्यक्रम घोषणा गरिनेछ ।
स्वास्थ्य चौकी र निजी स्वास्थ्य सँस्थाहरुको प्रभावकारी अनुगमन र मुल्यंकन गरी गैरकानुनी र अव्यवस्थित रुपमा संचालित स्वास्थ्य संस्थाहरु बन्द गराइनेछ ।
दुव्र्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुव्यसन, एच।आइ।भि।एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम संचालन गरिनेछ । दुव्र्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिमवाट स्वरोजगार र आत्म निर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा संचालन गरिने पुनस्थापना कार्यक्रममा सहकार्य गरिनेछ ।
मध्पहाडी लोकमार्गको केन्द्रमा रहेको स्वास्थ्य चौकीलाई आकस्मिक सेवा सहितको ट्रमा सेन्टरको रुपमा स्थापनाको लागि पहल गरिने छ ।
आ।व।०७५र७६ मा शुरु गरिएको जटिल प्रकारका सुत्केरीहरुलाई अत्याधुनिक स्वास्थ्य सेवा प्राप्त ठाँउमा च्भाभचचब ि गर्दा यातायात खर्च कार्यक्रमलाइ निरन्तरता दिइने छ
सबै वडाका स्कुलहरुलाई जङफुड निषेधित क्षेत्र घोषणा गर्ने कार्यविधि निर्माण गरी कार्यक्रम लागु गरिनेछ ।
स्वास्थ्य सेवाका आयामहरु प्रतिकात्मक सेवा, प्रर्वद्धनात्मक सेवा, उपचारात्मक सेवा, पुनस्थापनत्मक र प्रसामक सेवाहरु समेतेर स्वास्थ्यका कार्यक्रमहरु बनाइनेछ साथै उपचारात्मक सेवामा आंखा सेवा र दन्त सेवालाई थप गरिनेछ ।
सामाजिक समावेशीकरण सम्बन्धी नीति ः
धार्मिक ऐतिहासिक पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्र, सम्पदाको संरक्षण, संवद्र्धन, प्रवद्र्धनमा समुदायको अपनत्व कायम गर्दै स्थानीय जीविकोपार्जनमा सहयोग पुग्ने गरी कार्यक्रम संचालन गरिनेछ साथै मठ मन्दिर गुम्वा, मस्जिद समेतको संरक्षणमा समुदायलाई प्रेरित गरिनेछ ।
स्थानीय समुदाय विशेषका संस्कृतिलाई संरक्षण,विकास र प्रवद्र्धनमा प्रोत्साहन गर्ने नीति लिइनेछ
मुस्लिम समुदायको शव दाहस्थलको ब्यबस्थाको लागी पहल गरिनेछ ।
गल्कोट नगरपालिकालाइ सभ्य र सुसंस्कृत बनाउन “छुवाछुत मुक्त, खुल्ला दिसामुक्त र पूर्ण खोप युक्त” ूपुर्ण सरसफाईू जस्ता अभियानमुलक कार्यक्रमलाइ प्रभावकारी रुपमा अगाडी बढाईनेछ ।
हिंसा पीडित महिलाहरुको सुरक्षा तथा व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
महिला नेतृत्व विकास, सशक्तिकरण,सीप विकासका लागि ूमहिलासंग नगर उपप्रमुख कार्यक्रमू मार्फत महिलाहरुको क्षमता विकास तथा आय आर्जन बृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराइनेछ ।
एकल तथा दलित महिलाहरुको हित प्रवद्र्धन गर्ने, सीप विकास र आय आर्जन गर्ने कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ ।
महिला बालबालिका तथा अन्य लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ।
सामाजिक कुरीतिको रुपमा रहेको वालविवाह, वहुविवाह, रुढीवाद, अन्ध विश्वास एवं भ्रमहरु हटाउन सामाजिक परिचालन मार्फत् सचेतीकरण गरिनेछ ।
पूर्वाधार निर्माण गर्दा महिला मैत्री, वाल मैत्री तथा अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्ने नीति लिइनेछ।
राष्ट्र र समाजका लागि अमूल्य योगदान दिने व्यक्ति व्यक्तित्वको सम्मानमा राष्ट्रिय तथा नगर प्रमुख स्तरीय रनिङकप प्रतियेगिता संचालन गरिनेछ ।
“एक वडा—एक खेल मैदान( एक प्रतियोगिता” को अवधारणा शुरु गरिनेछ । वडाहरुमा जग्गा पहिचान तथा खेलकुद पूर्वाधार विकास योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
आ।व।०७५र०७६ मा शुरु गरिएको ८५ बर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप बार्षिक रु। ३ हजारका दरले चाडपर्व खर्च उपलब्ध गराउने कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
स्रष्टा सम्मान र उपचार सहयोग कोषको स्थापना गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता पायक पर्ने नजिकको वैंक मार्फत् सम्बन्धित वडा कार्यालयको व्यवस्थापनमा वितरण गरी घर घर पुर्याउने कार्यलाइ अझ प्रभावकारी बनाइनेछ ।
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण कार्यक्रमहरु वडागत रुपमा संचालन गरिनेछ । ८५ वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकहरुको घरमै सामान्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने वातावरण तयार गरिने छ ।
गल्कोट नगरपालिकालाई हरेक किसिमको विभेद, असमानता र अन्यायबाट मुक्त गरी सभ्य समाज निर्माण गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
अनौपचारिक क्षेत्रका श्रमिक कामदारहरुको पञ्जीकरण गरिनेछ । तथ्यांक व्यवस्थित गरी निजहरुको हित प्रवद्र्धन हुने कार्यक्रमहरु संचालन गरिनेछ ।
युवावर्गलाई सीपूमलक तालिम दिई स्वरोजगारिताको सृजना गरिनेछ । स्थानीय श्रोत साधनको अधिकतम प्रयोगगरी स्थानीय नगरवासीले रोजगारी पाउने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।
परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायलाई समावेशीकरण र आधुनिकीकरण गर्न प्रोत्साहन गरिनेछ ।
नगरबासीको सहयोगमा गल्कोट कल्याणकारी कोष स्थापना गरिनेछ । जसमा प्रत्येक नगरवासीले कम्तीमा बार्षिक प्रतिव्यक्ति रु.१० रुपैया स्वैच्छिक योगदान गर्न प्रोत्साहित गरिनेछ । त्यतीनै मात्रामा नगरपालिकाले रकम थप गरिदिने ब्यबस्था गरिनेछ । कोषको परिचालन गरिवीमा परेका बर्गको हितमा कार्यविधि बनाई प्रयोग गरिनेछ ।
नगरपालि का र विभिन्न संघ संस्थाहरुको सहकार्यमा सञ्चालन हुने कार्यक्रमहरुको कार्यक्रम सम्पन्न प्रतिवेदन नगरपालिकामा पेश गर्न अनिवार्य गरिनेछ । गैरसरकारी संघ सस्थाहरुसंगको सहकार्यलाई प्राथमिकता दिईने छ ।
नगर क्षेत्रभित्र क्रियाशील सबै गैर सरकारी संस्थाहरुको कार्यलाई व्यवस्थित गरी नतिजामूलक वनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति वनाईनेछ ।
पुर्वाधार तथा भौतिक विकास सम्बन्धि नीति तथा कार्यक्रमहरु ः
देशको कुल ६८ प्रतिशत भु भाग पहाडी क्षेत्रले आगटेको र गल्कोट नगरपालिका पनि यसै क्षेत्रमा पर्दछ ।पहाडी क्षेत्रको मुख्य समस्या बाटोघाटो हो । उकाली ओराली शरीरको तागत सिद्धयाउनु पर्ने विवशताको अन्त्य गर्न हरेक गाउ बस्तीलाई बाटोको पुर्वाधार र भौतिक विकास सम्बन्धी तपसिलका नीति कार्यक्रम संचालन गरिनेछ ।
आर्थिक वर्ष २०७६र०७७ मा नगरपालिकाको भवन निर्माणको लागि जग्गा प्राप्ती, वडा कार्यालय भवन निर्माण, ल्यान्फिल्ड साइडको पुर्वाधार तयारी, नगरस्तरीय बसपार्क, खेलकुद मैदान, १५ शैयाको अस्पताल निर्माण गर्ने पुर्वाधार विकासका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन कार्यलाइ प्राथमिकता दिइनेछ ।
यस अगाडी निर्माण गरिएका मोटरबाटोलाई बाह्रैमासे बनाउन नाली, जाली र ह्युमपाईपको व्यवस्था गरी पानीबाट बाटोको पुर्वाधारलाई बचावट गरिनेछ ।
गल्कोटको पहिचान सञ्चारको माध्यमवाट गराउन यसको गरिमालाई अझ बढी उचो बनाउन, आर्थिक सामाजिक र पूर्वाधार समेतका समग्र विकास अभियानलाई अझ बढी योगदान दिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चारकर्मीरसञ्चार माध्यमको क्षमता विकास तथा स्वास्थ्य उपचार सहायता कोष स्थापना र नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार कोषलाई निरन्तरता दिईनेछ ।
गल्कोट नगरक्षेत्रभित्र खोलिएका नयां तथा पुराना सडकको मर्मत संभार र स्तरोन्नति गर्दा वातावरणीय प्रभावलाइ न्युनीकरण गर्ने उपायहरुको अवलम्बन गरिनेछ ।
विधुतीकरण नभएका ठाउमा विधुत विस्तार गर्ने नीति लिईनेछ साथै केन्द्रीय विधुतीकरणलाई पहल गरिने छ ।
नगरपालिका क्षेत्रभित्रका सडकहरुमध्य प्रत्येक वडाका एक(एक वटा सडकलाइ रणनीतिक सडकको रुपमा घोषाणा गरी तिनीहरुको मर्मत संभार र स्तारोन्नतीको कार्यलाइ विषेश जोड दिइनेछ ।
सुरक्षित वस्ती विकास कार्यक्रम लागु गरिनेछ ।
पर्यटन क्षेत्रको विकास, विस्तार र प्रर्बद्धन गर्ने खालका योजनाहरु सँचालन गरिनेछ
उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरु निर्माण सम्पन्न भई फरफारक भएपछि दीर्घकालसम्म आयोजनाको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारमा स्वयं उपभोक्ताहरुलाई नै जिम्मेवार बनाउने नीति लिइनेछ । साथै स–साना मर्मत संभारका लागि वडा स्तरमा मर्मत संभार कोष स्थापना गरिनेछ
विकास व्यवस्थापनका दृष्टिले पछाडि परेका वडाहरुमा सन्तुलित विकास गर्ने नीति अवलम्वन गरिनेछ । सोही अवधारणा अनुरुप जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, भौगोलिक विकटता र आन्तरिक आयमा योगदान जस्ता सूचकका आधारमा वडा स्तरीय श्रोत साधनको बाडफाड गर्ने नीति अवलम्बन गरिनेछ ।
स्थानीय विद्युत उत्पादन तथा वितरण प्रणाली र विद्युत सेवाको ब्यबस्थापन, सँचालन, अनुगमन तथा नियमन गरिनेछ ।
नगरपालिकामा बैकल्पिक उर्जा सम्बन्धी प्रविधिको विकास गरिनेछ ।
उज्यालो गल्कोट नगरपालिका अन्तर्गत हटीया बजार क्षेत्र र असपासमा सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ र आवश्यक्ताका आधारमा अन्य क्षेत्रमा समेत सडक बत्ती क्रमश जडान गर्दै लगिने छ ।
नगर क्षेत्रको खानेपानीलाई सुरक्षित, स्वस्थ्य र भरपर्दो बनाउन “एकीकृत खानेपानी व्यवस्थापन गुरुयोजना” र विस्तृत डिपिआर तयार गरी कार्यान्वयन गरिनेछ ।
शहरी सौन्दर्यकालागि “एक घर – एक विरुवा तथा एक वार्ड – एक हरियाली पार्क” कार्यक्रम संचालन गर्ने कार्यलाइ अगाडी बढाइनेछ ।
घाट तथा शवदाह स्थलहरुलाई व्यवस्थित गरिनेछ ।
अब्यवस्थित बजार तथा हाटबजारलाई ब्यवस्थित ढंगले संचालनार्थ उपयुक्त स्थानको पहिचान सहित संचालन र ब्यवस्थापन गर्न पूर्वाधार निर्माण गरिनेछ ।
प्रत्येक वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक संचालन गर्नकालागि पूर्वाधार विकास गरिनेछ ।
विभिन्न विषयगत क्षेत्रको विकास अवधारणा सम्वन्धी अध्ययन सहित क्षेत्रगत विकास रणनीतिपत्र तयार गरिने छ ।
पूर्वाधार निर्माण गर्दा महिला मैत्री, वाल मैत्री, अपाङ्गमैत्री तथा वातावरण मैत्री हुने नीति लिइनेछ ।
सडक तथा पुल मर्मत संभार कोषलाई परिचालन गर्न निर्देशिका वनाई लागू गरिनेछ
 वन, वातावरण तथा विपद ब्यबस्थापन सम्बन्धि नीति तथा कार्यक्रमहरु ः
मानव सभ्यताका दुख भौतिक दैहिक र दैवीक हुन । दैवी प्रकोपबाट सृजना हुने दुख अनिश्चित र अकल्पनीय हुन्छ । यस्तो अनिश्चत दुख टार्न घटना पुर्वका सावधानी र घटना पश्चातका पुनस्थापना र राहतको व्यवस्थालई प्रभावकारी बनाउन वन वातावरण र विवद सम्बन्धी निम्न नीति कार्यक्रम अवलम्बन गरिनेछ ।
नगरपालिकिभत्र पुर्वाधार निर्माण गर्दा वातावरण संरक्षण र दिगो विकासलाइ ध्यानमा राखी कार्यक्रम अगाडी बढाइने छ ।
स्थानीय स्तरमा वातावरणीय जोखिम न्युनीकरणको लागी दीर्घकालिन योजना बनाईनेछ ।
स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने किसिमका उपभोग्य बस्तुहरुको विक्रिवितरणलाई नियन्त्रण गरिनेछ ।
वडा तहमा सामुदायिक कम्पोष्ट प्लान्टको अवधारणालाई अगाडी बढाउन प्रोत्साहन गरिनेछ
सार्वजनिक जग्गाको सरंक्षण वडा समिति र समुदायको सहभागितामा गरिनेछ ।
वन क्षेत्रलाई अनियन्त्रित डढेलो, अतिक्रमण, चरिचरण र चोरी निकासीबाट प्रभावकारी ढंगले संरक्षण गर्न उपभोक्ताहरुलाई परिचालन गरिनेछ ।
सामुदायिक वन उपभोक्ता समितिहरुसंग सहकार्य गरी सामुदायिक वनमार्फत् स्थानीयहरुको आयआर्जन बढाउंन वन तथा वन पैदावारमा आधारित उद्यमशिलता विकास तथा उद्योग व्यवसाय संचालन, जडिवुटि एवं फलफुल खेती र प्रशोधन कार्यलाई प्रोत्साहन गरिनेछ
खानेपानीको मुहान, सीमसार तथा जलाधार क्षेत्रको सँरक्षणको लागि कार्यक्रम संचालन गरिनेछ ।
नगर क्षेत्रमा रहेका विभिन्न खानीहरुको उत्खनन, ढुवानी तथा विक्री वितरणलाई संघ र प्रदेश सरकारको सहकार्यमा वातावरणीय प्रभाव मुल्यांकन गरी व्यवस्थित गरिनेछ ।
जैविक तथा अजैविक फोहरलाई उत्पादन तहदेखि नै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ । जैविक फोहरवाट घरैमा कम्पोष्ट मल वनाउन प्रेरित गरी गमला, कौशी, छत, करेशावारीमा तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ । सडक, नाली, सार्वजनिक र खुल्ला स्थानमा फोहर फाल्नेलाई कारवाही गरिनेछ ।
फोहरमैला व्यवस्थापनमा नसमेटिएका वडाहरुमा साझेदारीमा आधारित फोहरमैला व्यवस्थापन कार्य अघि बढाइने छ ।
सडक, नाली, सार्वजनिक र खुल्ला स्थानमा फोहर फाल्नेलाई कार्वाही गरिनेछ ।
स्थानीय विपद् व्यवस्थापनको लागि स्थापना गरिएको नगरप्रमुख दैवी प्रकोप उद्धार राहत कोषको रकम बृद्धि गरी एकद्वार प्रणाली मार्फत प्रभावकारी रुपमा संचालन गरिनेछ ।
विपद् न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली सम्वन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनेछ ।
विपद्को अवस्थामा खोज तथा उद्धारको लागि विपद् व्यवस्थापनमा काम गर्ने विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरुसंग समन्वय गरी स्वयंसेवक र उद्धार राहत सामाग्रीहरुको भण्डारण र पूर्व तयारीको व्यवस्था मिलाइनेछ ।
नगरपालिका क्षेत्र भित्रका विभिन्न संघ संस्थाद्धरा संचालित एम्वुलेन्स सेवालाई व्यवस्थित गर्न समन्वय गरिनेछ ।
प्रत्येक वडाम हलिप्याड निर्माणको लागि उपयुक्त स्थानको पहिचान गरी निर्माण को कार्य अगाडी बढाईने छ ।
वडास्तरीय विपद व्यवस्थापन समितिलाई विपद सम्बन्धी सामाग्रीको व्यवस्था गरिनेछ ।
 सँस्थागत विकास, सेवा प्रवाह र सुशासन सम्बन्धि नीति तथा कार्यक्रमहरु ः
अविकासको मुल कारण काममा ढिलासुस्ती र सुशासनको अभाव नै हो । नेपालको संविधान, ऐन,कानुन निर्देशिकाले नगरपालिकामार्फत प्रवाह हुने सेवालाई कत्ति पनि ढिलो नहुने र पारदर्शी एवं उत्तरदायी कर्मचारीको विकास गरी गल्कोट नगरपलिकालाई राष्ट्रियस्तरमा उदाहरणीय बनाउन निम्न नीति कार्यक्रम अवलम्बन गरिनेछ
नेपालको संविधान २०७२ को अनुसुची(८ मा उल्लेखित अधिकार र स्थानीय सरकार संचालन एन २०७४ मा उल्लेखित स्थानीय तहको काम कर्तव्य र अधिकारसंग सम्बन्धित विषयमा आवश्यक पर्ने ऐन, नियम, निर्देशिका र कार्यविधि आवश्यक्ताका आधारमा तर्जुमा एवं परिमार्जन गरी कार्यान्वयन गरिनेछ । नगर प्रहरी सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण र कार्यान्वयन गरिनेछ ।
नगरपालिकालाई आवश्यक पर्ने नगर प्रहरीको नियुक्तिको कार्य अगाडी बढाउनका लागि अवश्यक पर्ने कानुन तर्जुमा कार्यलाइ प्राथमिकता साथ अगाडी बढाइने छ ।
आगामी आर्थिक बर्षभित्र संघ र प्रदेश सरकारको सहकार्यमा सँगठन र ब्यबस्थापन सर्भेक्षण गरी संगठन तथा दरबन्दी निर्धारण गरिनेछ ।
संगठनात्मक क्षमता विकास, जनशक्ति ब्यबस्थापन र वृत्ति विकासलाई बैज्ञानिक तवरले नतिजामुखी बनाईनेछ ।
नगरपालिकामा कार्यरत स्थानीय तह तर्फका स्थायी कर्मचारीहरुको अवकास योगदान कोष स्थापना गरिनेछ ।
नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधालाइ नगरबासीको अपेक्षा अनुसार भए नभएको सम्बन्धमा ूसेवाग्राहीसंग मेयर कार्यक्रमू संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कृत गर्ने नीति लिईनेछ ।
जनप्रतिनिधिरकर्मचारी क्षमता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
व्यक्तिगत घटना दर्ता कार्यक्रम अनलाइन मार्फत् नागरिकले निेवेदन गर्न सक्ने गरी वडा तहवाट कार्यान्वयन हुने ब्यबस्था गरिनेछ ।
नगरपालिका कार्यालयमा आन्तरिक सञ्चार सुदृढ गर्न इन्टरकम टेलिफोन प्रणालीलाई थप प्रभावकारी वनाइनेछ ।
नगरपालिकाको वित्तिय कारोवारलाई कम्प्युरीकृत गरी थप व्यवस्थित गरिनेछ ।
वडास्तरवाट संकलन हुने राजश्वलाई क्ष्लतचबलभत ऋयmउगतभच क्थकतझ को माध्यमवाट नगरपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गराउने कार्यको शुरुवात गरिनेछ ।
नगर र वडा कार्यालयबाट समेत आयोजना हुने सभा, बैठकलाई मितव्ययी र छरितो बनाईने छ ।
नगरपलिकाबाट सम्पादन भएका कामहरुको सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक लेखा परीक्षाणा जस्ता कार्यक्रमलाइ निरन्तरता दिइ नागरिकप्रति उत्तरदायी नगरपलिका बनाइने छ ।
राजश्व परिचालन, श्रोत अभिबृद्धि र ब्यबस्थापन ः
नगरपालिकाको सम्पुर्ण कार्यसम्पादनका लागि आर्थिक श्रोत साधनको आवश्यक्ता हुने हुदा कर तथा गैर करको दायरा बर्द्धि गरी दर घटाउदै लैजान राजस्व परिचालन सम्बन्धी निम्न नीति कार्यक्रम गरिने छ ।
व्यवसायकरको दायरा बढाउने र बढीभन्दा बढी व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहित गर्न गल्कोट नगरपालिकामा विविध कार्यक्रम सहित प्रत्येक बर्ष श्रावण १ देखी ७ सम्म कर जागरण कार्यक्रम संचालन गर्ने तथा राजश्व संकलन कार्यलाई ब्यवस्थित गरी वडा कार्यालयहरुबाटै कर, शुल्क दस्तुर सँकलन गर्ने व्यवस्था मिलाईने छ ।
राजस्व सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
वार्षिक पेशा व्यवसाय कर र घर बहाल कर असुली कार्यलाई थप प्रभावकारी वनाउन वडा समिति र टोल संस्थाहरुलाई परिचालन तथा जिम्मेवार वनाउने नीति लिईने छ ।
समयमै कर भुक्तान गर्न एस।एम।एस।द्धरा सूचना प्रवाह गर्ने कार्यको थालनी गरिने छ ।
व्यवसायकर असुलीलाई प्रभावकारी बनाउन सम्बन्धित व्यवसायिक संघरसंस्थाहरुसंग समन्वय गरी तोकिएको व्यवसायकर समयमै बुझाउने व्यवसायिको तोकिए बमोजिमका करदातारप्रोप्राइटररसञ्चालकको नाममा १ लाख बरावरको दुर्घटना विमा गराउने नीति लिइनेछ ।
अपाङ्ग, असहाय, अशक्त, दैवि प्रकोप पिडित, द्वन्द्व पिडित, जेष्ठ नागरिक, एकल महिलालाई सिफारिसहरु निःशुल्क गर्ने कार्यलाइ निरन्तरता दिइने छ ।
पेशा व्यवसाय कर लिदा एउटै फर्ममा फरक, फरक प्रकृतिका व्यवसाय संचालन गरेकाको हकमा तोकिए बमोजिमको फरक, फरक प्रकृतिका व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिईनेछ ।
कानून बमोजिम गठित कम्पनी, उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरुसंग कानून बमोजिमको कर र बक्यौता असुलीलाई प्रभावकारी बनाईनेछ ।
आफ्नो वा संगोल परिवार ९एकाघरका सदस्य० ले नगरपालिकालाई भुक्तान गर्नु पर्ने कर शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई नगरपालिका वा वडा कार्यालयवाट सबै प्रकारका सिफारिस सेवा सुविधा रोक्का गरिनेछ तर कुनै कर शुल्क दस्तुर भुक्तान गर्ने समयावधि रहेको अवस्थामा ९चालु आ।व।० त्यस्तो बन्देज गरिने छैन ।
नगरपालिका क्षेत्रभित्रका ९राजमार्ग वाहेकका० सडकहरु प्रयोग गरी निषेधित क्षेत्रबाहेकका नदी खोलाहरुबाट ढुंगा, गिट्टी, मिस्कट, वालुवा, क्रेसरबाट उत्पादित तयारी मालसामान र ईटा तथा अन्य मालसामानहरुको लोड लिई बिभिन्न नाका भई आउने ढुवानीका साधनहरुबाट सडक भत्कने बिग्रने भई क्षति पुर्याउने भएकाले त्यस्ता सामान ढुवानीका साधनहरुबाट सवारीकरको अतिरिक्त तोकिए वमोजिमको दरमा सडक मर्मत सुधार शुल्क लिईनेछ । त्यस्तो शुल्क संकलनमा वडा कार्यालयको पहलमा स्थानीय उपभोक्ता समितिहरुलाई सहभागी गराउने नीतिलाई निरन्तरता दिईनेछ र रसिद नियन्त्रण खाता नगरपालिकामा राखी आर्थिक पारदर्शिता कायम गरिनेछ ।
सँघीय तथा प्रादेशिक कानुनको अधीनमा रही सम्पत्ती कर, घर वहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क तथा दस्तुर, व्यवसाय कर, मालपोत, मनोरञ्जन करलाई थप बैज्ञानिक बनाईनेछ ।
स्थानीय पुर्वाधार तथा सेवाहरुको शुल्क निर्धारण, सँकलन र ब्यबस्थापन गरिनेछ ।
स्थानीय राजश्वका सँभावित क्षेत्र र दायर अभिबृद्धिको लागी राजश्व सँभाब्यता अध्ययन गरिनेछ।
ढुङ्गा, गिटी, वालुवा, माटो, स्लेट ढुङ्गा आदी प्राकृतिक तथा खानीजन्य बस्तुको विक्रि तथा निकासीलाई ब्यबस्थित गरिनेछ ।
राजश्व सँकलनको लागी जनतालाई सहज होस भन्ने हेतुले प्रत्येक वडामा राजश्व सँकलन शिविर सँचालन गरिनेछ ।
अन्य नीति तथा कार्यक्रमहरु ः
सार्वजनिक सेवाको गुणस्तर, कार्य शैली र व्यवहारको लेखाजोखा गर्न सार्वजनिक सुनुवाइ सार्वजनिक परिक्षण जस्ता विधि तथा औजारहरुको प्रयोग गर्ने नीति लिइने छ ।
सुशासन पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गराउन नगरपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण र सवै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परीक्षण र वडाक्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिनेछ।
न्यायिक समितिको संस्थागत र क्षमता विकासको लागि जनशक्ति विकास तालिम लगायतका कार्यक्रम संचालन गरिनेछ ।
पारदर्शिता र सुशासनका लागि नगरपालिकासंग संवन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमवाट सार्वजनिकीकरण गर्ने कार्यक्रमलाई प्रभावकारी वनाई निरन्तरता दिइनेछ । नगरका महत्वपूर्ण स्थानहरुमा क्रमशः डिजिटल सूचना पाटीको व्यवस्थालाइ प्रभावकारी बनाइनेछ ।
नगरपालिकालाई भ्रष्टचारमा शुन्य सहनशीलताको नीतिलाई निरन्तरता दिइनेछ ।
नगरपालिकावाट कार्यान्वयन हुने योजना कार्यक्रमहरुमा वित्तीय जोखिम न्यूनिकरणका लागि निर्माण तथा खरिद प्रक्रियालाई वढि प्रतिस्पर्धात्मक वनाउन सार्वजनिक खरिद ऐन बमोजिम विद्युतीय प्रणाली अवलम्बन गरिनेछ ।
नगरपालिका कार्यालय, वडा कार्यालय तथा सबै विषयगत समितिहरुले प्रवाह गरेको सार्वजनिक सेवावाट जनताका चाहनाहरुको परिपुर्ती बारे कम्तीमा बर्षमा १ पटक नागरिक सन्तुष्टि सर्वेक्षण गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
स्थानीय ब्यापार, वस्तुको माग र आपुर्तीको अनुगमन, उपभोक्ता अधिकार हित प्रर्बद्धन गर्न बजार तथा हाट बजारको ब्यबस्थापन गरिनेछ ।
स्थानीय बस्तुहरुको उत्पादन, आपुर्ती तथा निकासी प्रक्षेपण गरी मुल्य निर्धारण गरिनेछ ।
स्थानीय बजार ब्यबस्थापनको लागी उद्योग बाणिज्य सँघसँग सहकार्यमा काम गरिनेछ ।
स्थानीय बस्तु तथा सेवा ब्यापारको मुल्य तथा गुणस्तरको अनुगमनलाई प्रभावकारी बनाईनेछ।
निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य गरी स्थानीय बजार प्रर्बद्धन, सहजीकरण र नियमन गरिनेछ ।
नगरक्षेत्रभित्रको आधारभुत तथ्याङ्क सँकलनलाई बैज्ञानिक बनाई विकासका हरेक क्षेत्रमा आवद्ध गरिनेछ ।
स्थानीय तथ्याङको सँकलन लाई विश्वासयोग्य बनाउन प्रत्येक बर्ष तथ्याङ्क अद्धयाविधक गरी सार्वजनिक गरिनेछ ।
(गल्कोट नगरपालिका बागलुङका प्रमुख भरत गैरेले पाँचौ नगरसभामा प्रस्तुत गरेको आर्थिक बर्ष २०७६÷०७७ बार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->