बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घरानिया महिलाहरुको जोन्टा क्लब पोखरामा पनि

घरानिया महिलाहरुको जोन्टा क्लब पोखरामा पनि


  • Dhorpatan News
  • असार २० २०७६, शुक्रबार

पोखरा, २० असार –बिश्वमा एक से एक ब्यावसायीक घरानिया महिलाहरुले संचालन गर्दै आएको अन्तराष्ट्रिय स्तरको जोन्टा इन्टरनेश्नल क्लव बिहिबार पोखरामा गठन भएको छ । क्लव गठन भएको एक सय बर्ष पछि पोखरामा गठन भएको हो । क्लवले महिलाहरुको शसक्तिकरणमा जोड दिएको छ । महिलाहरु कानुनी र सुचनाको हकबाट बन्चीत हुनु परेको अवस्थामा मुलुक कै साधन स्रोतको प्रयोग महिलाहरुलाई सशक्तिकरण गर्ने लक्ष्य क्लव संचालकले लिएको दावी गरेका छन् ।पोखराको ब्यापारिक घरानिया महिला, गोशली हाउसकी संचालक लिना गोशलीको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा मोनिका थापा महासचिवमा रोजिनाका रन्जित बिजुच्छे, कोषाध्यक्षमा नम्रता दहाल, निर्देशकहरु मिलन थापा, प्रसंसा कुवंर, श्रीबिद्या रघुनाथन कायस्थ, अन्जना चापागाईं तज्या, नेलिशा केसी लगायत रहेका छन् ।यस अघि कार्यक्रमा बोल्दै प्रदेश प्रमुख बाबुराम कुवंरले महिलाहरुलाई आदिम कालमा सम्मान गरे पनि समाज आधुनिकता तर्फ बढ्दै गर्दा हक अधिकारहरु खोसिएको बताए । सबिधानमा ब्यस्था भएका मौलिक हकहरु पनि पुरा नगरेको हुदा यस्तो शसक्त क्लवले सर्बोच्च अदालतमा रिट हालेर अधिकार प्राप्तीको लडाई लड्नु पर्ने बताए ।जोन्टा क्लवका डिस्ट्रीक पच्चीस गर्भनर सहनाज नथानीले जोन्टा क्लबले अन्तराष्ट्रिय स्तरमा गरेका कामहरु बारे चर्चा गरिन् । उनले जोन्टा क्लव संसारका महिलाहरुलाई आर्थिक, सामाजिक र कानुनी रुपमा अधिकार सम्पन्न गराउनका लागि स्थापना भएको संस्था भएको चर्चा गरिन् । जोन्टा क्लवका पोखरा अध्यक्ष लिना गोशलीले पोखराको सुकुमबासी बस्तीमा बालबिबाह र सानै उमेरमा आमा बन्ने समस्या रहेको चेतना जगाउने कामबाट सुरुवात गर्ने बताईन् । उनले महिलाको कानुनी अधिकार स्वास्थ्यको अधिकारलाई मानव अधिकारसंग जोड्नु पर्ने बताईन् ।

सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जोन्टा क्लवले महिलाको हक अधिकारका लागि महत्वपूर्ण कार्यक्रम गर्न बिश्वास गरे । जोन्टा क्लवका अध्यक्ष मिरा ज्योती, जोन्टा क्लव काठमाण्डौका एरिया टु का निर्देशक तथा पर्यटन ब्यावसायी सृजना राणा लगायतले जोन्टा क्लव काठमाण्डौंले महिलाहरुको क्षेत्रका उनिहरुको अधिकारलाई चिनाउन बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । क्लवको इन्स्टलेसन श्रीलंकाकी जोन्टा क्लव डिस्ट्रक २५ का गर्भनर सहनाज नथानीले गरेकी थिईन् । क्लवका सदस्यहरुलाई उपाध्यक्ष मोनिका थापाले सपथग्रहण गराएकी थिईन् । भने महासचिव रोजिना रंजितले धन्वाद ज्ञापन मन्तब्य राखेकी थिईन् । जोन्टा क्लव बिश्वका एक सय १२ देशका महिलाहरुले एक सय बर्ष अगाडी संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->