पोखरा, २१ असार –लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगर।पालिका वडा नं ३२ र रुपा गाउपालिका वडा नं ६ स्थित खोला छेउमा बृहद निशुल्क जनस्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो स्वास्थ्यशिबिरबाट करिव दुईसय जना स्थानियले लाभ लिएका थिए भने ३५ पोइन्ट रगत संकलन भएको थियो । कार्यक्रमको प्राबिधिक सहयोग स्वस्तिक रिफर ल्याव । त्यसैगरी रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको टीमले गरेको थियो । बृहद स्वास्थ्यशिबिर तथा रक्तदान कार्यक्रमको उद्घाटन पूर्व स्वाथ्य मंत्री तथा प्रतिनिधी सभाका सदस्य खगराज अधिकारीले गरेका थिए । उनले पहिलो रक्तदाता तथा लायन्स क्लव अफ पोखरा पिस टाउनका अध्यक्ष गिता थापालाई रक्त ब्याग हस्तान्तरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै सांसद अधिकारीले संबिधानमा भएको शकुसल जन्मन पाउने नागरिको अधिकारलाई mकाननुले समेटेको बताए । उनले भने सरकारले स्वास्थय बिमा कार्यक्रम ल्याएर जनताको हितमा काम गरेको दावी गरे । उले भने राज्यले गांस, बास, कपास, शिक्षा स्वास्थ्य रोजगारलाई मौलिक हकमा ब्यवस्था गरेको छ । ‘अहिले रोजगारीको हक अन्र्तगत सरकारले प्रधानमंत्री रोजगार कार्यक्रम ल्याउदा श्रमलाई घृण गर्ने प्रबृति देखियो । अर्काको देशमा जस्तासुकै काम गर्न हुनेआफ्नो देशमा श्रमलाई घृणा गर्ने ’ उनले प्रश्न गरे । रुपा गाउपालिका का अध्यक्ष नवराज ओझाले शहरी क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर हुनेको तर ग्रामिण भेगमा नभएकोले अव संघ संस्थाहरुले गाउमा पनि निशुल्क स्वास्थ्यशिबिर संचालन गर्नुपर्ने बताए । कार्यक्रमा कर्मशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव कुंवर, सहकारी संस्थाका उपाध्यक्ष संगिता गौतम तिवारी, सहकारी संस्थाका संचालक समिति सदस्य सरिता केसी लगायतका बक्ताहरुले बोलेका थिए ।
निशुल्क स्वास्थ्यशिबिरमा मनिपाल शिक्षण अस्पतालका डा.लेखनाथ लम्साल, डा असिम बटाजु, डा. राम मण्डल, डा सृष्टी गुरङ, डा. बिधित भट्टराई, डा. प्रतिक भट्टराई डा. प्रसुन खनाल लगायतका डाक्टरहरुका टोलीले ब्लडसुगर र युरिन जांच गरेका थिए । साथै सामान्य जाच गरी निशुल्क औषधी समेत बितरण गरिएको थियो ।





