पोखरा, २१ असार – पोखरा महानगरपालिका वडा नं ३० स्थित सिसाघाट, खेतको डिलमा एक नवजात शिशुको शव फेला परेको छ। पिपलडली मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । पेटभन्दा मुनि र दाहिने हात केही मात्रामा जनावरले खाएको जस्तो देखिने अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।शुक्रबार बर्षा सगसगैँ शव बगेर आएको हुनसक्ने स्थानियले आसंका गरेका छन । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।





