शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट, ‘नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र)

गलकोट, ‘नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र)


  • Dhorpatan News
  • असार २७ २०७६, शुक्रबार

बागलुङ, २७ असार – गल्कोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृत चित्र बन्ने भएको छ । युसबी सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक युसबी आकाश थापाले जानकारी दिए । लामो समय परदेशमा संघर्ष गरेर आफ्नै मातृभूमिमा फर्किएका आकाश थापाले गल्कोट एक प्राकृतिक दृष्टिले मात्रै नभएर सांस्कृतिक एबम जैविक बिबिधताको अनुपम संगम र ऐतिहासिक थलो भएकाले वित्तचित्र बनाइने बताए ।
थापाका अनुसार ‘अहिलेको डिजिटल बजारमा हाम्रो आफ्नो क्षेत्रको सामग्री र जानकारीहरु उपस्थित गर्न सके गलकोट सहित नेपालकै चिनारी बढ्ने थियो’ उनले भने, ‘गलकोटको पुरानो ईतिहास र वर्तमान अवस्था वृत्तचित्र मार्फत झल्काउन खोजिने छ ।’ साथै आफ्नो ठाउँको चिनारी र इतिहास लाई खिचेर, सम्पादन गरी जोगाएर राख्न सके अब आउने भाबी सन्तति हरुलाई काम मात्र नलागेर नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि, पनि एउटा इट्टा थप्ने कुरामा टिम आशावादी रहेको थापाले बताए ।

‘देशैभरी आन्तरिक पर्यटन झाङ्गिदै गरेको माहोलमा, हामीले पनि सम्भावना बोकेका ठाउँहरुलाई संजालमा चौतर्फी प्रचार(प्रसार गर्न गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ’ वृत्तचित्र निर्माण टोलीका सदस्य घुमन्ते खिमबहादुर क्षेत्रीले भने, ‘वृत्त चित्र निर्माणले गाउँको गरिमा बढाउन सकिएला ।’ यस सेवा प्रालिले जापान, अस्ट्रेलिया , युरोपियन राष्ट्र, अमेरिकामा लगायतका देशहरुमा प्रदर्शन गरी उक्त प्रदर्शन बाट उठेको रकम गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्र वृत्ति प्रदान गने योजना बनाएको थापाले बताए ।
प्राचिनकाल अनुसार गल्कोटलाई १८ मगरात राज्य मध्येको एक मानिन्छ । जिल्लाको सदरमुकाम बागलुङबाट ४५ किलोमीटर पश्चिम तर्फ रहेको गल्कोट नगरपालिका वास्तवमै सुन्दर उर्बर भुमि हो । वृत्तचित्रमा गल्कोट क्षेत्रका मानिस, बसाई सराइको प्रभाब, खेतीकिसानी, मल्ल राजाको दरबार, दरम खोला र त्यहाँ पाइने असला माछा, ताराखोलाको आलु, गाइघाट र सहस्रधारा झरना सहित घुम्टेको धुरी, गाजाको दह, निलुवा उपत्यका आदि बिषयलाई यस वृतचित्रमा समेटिएको छ ।

गल्कोट क्षेत्र झल्काउने केही तस्वीरहरु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->