बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सप्तकोशीमा पानीको बहाव अहिलेसम्मकै उच्च, तीन लाख क्यूसेक नाघ्यो

सप्तकोशीमा पानीको बहाव अहिलेसम्मकै उच्च, तीन लाख क्यूसेक नाघ्यो

कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४० ढोका खुला गरिएको छ।


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७६, शनिबार

इटहरी, २८ असार – भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम्मकै उच्च बहाव हो। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४० ढोका खुला गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->