बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपाल उद्योग वाणिज्य संघ गण्डकीले प्रदेशको ढोकामा स्वागत गेट बनाउने

नेपाल उद्योग वाणिज्य संघ गण्डकीले प्रदेशको ढोकामा स्वागत गेट बनाउने


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७६, सोमबार

पोखरा, ३० असार – नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले प्रदेशका मुख्य नाकाहरुमा प्रवेशद्धार बनाउने निर्णय गरेको छ । महासंघ गण्डकीको बैठकले नवलपुरमा २ तथा स्याङ्जा तथा तनहुँ र कास्कीको सिमानामा प्रवेशद्धार बनाउने निर्णय गरेको हो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेश आउने पर्यटक तथा सर्वसाधारणलाई स्वागत गर्ने तथा प्रदेश उद्योग वाणिज्य संघको उपस्थिति देखाउन प्रवेशद्धार बनाइन लागेको हो । अध्यक्ष कोइरालाका अनुसार बैठकले तनहुँको शुक्लागण्डकी, लमजुङको मध्यविन्दु उद्योग वाणिज्य संघ तथा तनहुँकै भिमाद नगर उद्योग वाणिज्य संघलाई प्रदेश महासंघको सदस्यता प्रदान गरिएको छ भने प्रदेशमा रहेका उद्योग वाणिज्य संघहरुलाई तालीम तथा गोष्ठी आयोजना गर्न ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रदान गरिने भएको छ । यसैगरी प्रदेश महासंघले नेपाल वन पैदावार संघ कास्कीलाई बस्तुगत सदस्यता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->