पोखरा,५ साउन – पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन बाढीले बगाउदा पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् । शनिबार रातीको बाढीले डाईभर्सन बगाएपछि पोखरा भित्रिने र बाहिरिने ठूला मालवाहक गाडी ठप्प भएका हुन ।विजयपुर पुलको फलाम चर्किएका कारण दश टन बढी भार भएका सवारी डाईभर्सनबाट आवतजावत गर्दै आएका थिए ।पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु हुने जनाइएको छ । हलुका यात्रुबाहक सवारी साधन भने पुल हुँदै आवागमन गरिरहेका छन् ।पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन ।





