बागलुङ, ७ साउन – नेत्रविक्रम चन्द्र बिप्लव नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता सोमबार भकिम्लीबाट पक्राउ परेका छन् । बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो । भुमिगत रुपमा म्याग्दीको ग्रामिण क्षेत्रमा बस्दै आएका दुवै नेतालाई बिषेश सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले बेनी नगरपालिका–३ भकिम्लीको नयाँपुलबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । दुवैजना सोमबार साँझ मोटरसाईकल चडेर म्याग्दीको ग्रामिण इलाकामा जाँदै थिए । पक्राउ पछि आबश्यक कानुनी प्रकृया अघि बढाईएको प्रनाउ मरासिनीले जानकारी दिए । उनीहरुको साथबाट एक मोटरसाईकल र तीन थान मोवाईल बराबद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।





