गलकोट,८ साउन – ग्रामिण क्षेत्रमा पत्रकारीताको विकास गर्ने भन्दै जिल्लाको गल्कोट नगरपालिका–१० पाण्डवखानीमा ७ दिने उद्घोषण पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै गलकोट नगरपालिका– १० का वडा अध्यक्ष तिलक घर्ती मगरले पत्रकारिता समाजको ऐना भएको बताए । पाण्डवखानी अनलाइन खबरको आयोजनामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा घर्तीले ग्रामीण क्षेत्रमा पत्रकारिताको विकास गर्दै त्यसको महत्व, यहाँका समाचार सामग्री विश्व सामु पु¥याउन तालिमले महत्वपूर्ण योगदान पु¥याउने बताए । कार्यक्रममा पुर्व सांसद नरबहादुर पुन निरज, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापा, वडा सदस्य रामबहादुर विक, पाण्डवखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै प्रशिक्षार्थी हरि विक, साजन विक र विपिन दर्जीले तालिमले आफूहरुलाई आत्मबल बढाएकोे, पत्रकारितातर्फ आकर्षण गरेको र क्षमता अभिवृद्वि गर्न सहयोग पुगेको बताएका बताए । तालिममा २२ जना सहभागि थिए । उनिहरुलाई उदघोषण कला, फिचर न्यूज लेखन, अनलाइन पत्रकारिता, अन्तरवार्ता, समाचार लेखन, पत्रकारका काम कर्तव्य र अधिकार, पत्रकार आचार संहिता लगायतका विषयमा तालिम दिइएको संयोजक सुरेश छन्त्याल जानकारी गराए । कार्यक्रम पाण्डवखानी अनलाईन खबर सञ्चालन समितिका अध्यक्ष देवराज पुनको अध्यक्षता, प्रशिक्षार्थी भिमा श्रीसको स्वागत र अनलाईन सह–सम्पादक दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । ७ दिनसम्म संचालन भएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, पर्यटन पत्रकार संघ गुल्मीका अध्यक्ष कौरव खत्रीले गरेका थिए ।





