साउन ८ पोखरा – पोखरा महानगरपालिका ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा मंगलबार महानगरको कार्कीडाँडा स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।वृक्षरोपण गर्दै ग्लोवल सर्भिस टिम डिष्ट्रिक कोर्डिनेटर मोहन बाबु खड्काले वातावरणीय सन्तुलन कायम राख्नमा क्लवले गरेको वृक्षरोपणले सहयोग पुग्ने बताए ।जयकोट सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष शिब बहादुर कार्कीले क्लवले सामुदायिक वनमा आएर गरेको वृक्षरोपणले आफूहरुलाई वनमा रहेका विरुवाहरुको संरक्षणमा अझ जिम्मेवार बोध गराएको बताए ।क्लवले वार्षिक कार्यक्रम अन्र्तगत सम्पन्न गरेको कार्यक्रममा आँक, डुम्री, कपुर जामुन लगायतका विभिन्न प्रजातिका झण्डै ३० वढि विरुवा रोपिएको कार्यक्रम संयोजक राजु दाहालले जानकारी दिए ।क्लवका अध्यक्ष शिब बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव ढाकाकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।





