बागलुङ,८ साउन- बागलुङ जिल्लाको ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदिले बगाउदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नम्वर ९ का नरबहादुर बि.क.रहेका छन । उनका छोरा सेते बि.क बेपत्ता भएका छन । बुधवार दिउँसो ३ बजेको समयमा स्यालपाखेबाट बाट नविगाउँ जाने क्रममा उत्तरगंगा नदि तर्ने क्रममा दुवै जनालाई बगाएको थियो । नदिले बगाएका मध्ये नर बहादुर बि.क.लाई मृत अवस्थामा फेला पारेको र सेते बिक हाल सम्म वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकरि दिए । घटनाको खबर लगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायाक निरिक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, सत्रुमर्जन गुल्म ढोरपाटनका १५ जना सेनाको टोली र स्थानीयले खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।





