बागलुङ,११ साउन – स्वास्थ्य कार्यालयबाट सरुवा भएर जान लागेका ९ जना कर्मचारीलाई बिदाई गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका विच कार्यालयबाट अनिवार्य अवकार हुने र संघियता कार्यान्वयन सँगै संमायोजनबाट सरुवा भै जाने कर्मचारीहरुलाई विदाई गरेको हो । कार्यालयबाट जनस्वास्थ्य अधिकृत जीवन कुमार शाक्य र पब्लिक हेल्थ नर्स अनिवार्य अवकाश भएका छन । दुवैले झण्डै ३ दशक यसै कार्यालयमा सेवा गरेका थिए ।
त्यसैगरी कार्यालयबाट सरुवा भै जाने शाखा अधिकृत मुकुन्द प्रसाद आचार्य, लेखापाल रामचन्द्र पौडेल र दयाराम शर्मा, स्टोरकिपर तथा अधिकृत छैठौ तेजप्रसाद निउरे, खरिदार मायाँदेवी शर्मा, कार्यालय सहयोगी बुद्धिबहादुर घर्ती र गौमती जिसीलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ ।
सरुवा भएर जाने कर्मचारीहरु केन्द्र प्रदेश र स्थानिय सरकारको माताहका कार्यालयमा रहेका छन । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जुन कार्यालयमा रहे पनि आफ्नो कार्यसम्पादनमा निपक्ष ढंगले लाग्नुका लागि आग्रह गरे । कार्यक्रममा सेवा निवृत जनस्वास्थ्य अधिकृत जीवन कुमार शाक्य, पब्लिक हेल्थ नर्स हरिकाशि पालिखे, धौलागिरी अञ्चल अस्पतालमा सरुवा भै जान लागेका शाखा अधिकृत मुकुन्द्र प्रसाद आचार्य, स्टोरकिपर तेजप्रसाद निउरे, लेखापालद्धय रामचन्द्र पौडेल, दयाराम शर्मा, खरिदार मायाँदेवी शर्मा, र कार्यालय सहयोगी बुद्धि बहादुर घर्तीले बोलेका थिए । बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्षता सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





