कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि एक बर्ष पूरा भएको छ । अहिलेसम्म सरकारले हत्याकाण्डको छेउ–टुप्पो भेट्टाउन सकेको छैन । ‘एकातिर आँधी अर्कोतिर झोलुङ्गो’ भनेझै सरकारले कञ्चनपुर कि १३ बर्षिय बालिका निर्मला पन्तको परिवारलाई अहिलेसम्म न्याय दिलाउन सकेको छैन । निर्मला पन्तको हत्याकाण्ड भएको एक बर्ष पुगेको दिन देशका गृहमन्त्री राम बहादुर थापा बादलले पत्रकार सम्मेलनमा भने– ‘निर्मलाको हिजो पनि हत्या भएको थियो । आज पनि बलात्कार हुन्छ भोलीको दिनमा पनि यो घटना घट्ने’ ठोकुवा गरे । साँच्चै मान्नुपर्छ हाम्रो गृहमन्त्री महोदयलाई देशमा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली सरकार छ भनेर नेपाली जनताले जे सोचिरहेका थिए त्यो मात्रै बकवास रहेछ भन्ने पुष्टि भएको छ । उनले गृहमन्त्रीको कुर्सीमा बसेर जुन अभिब्यक्ती दिनुभयो के त्यो सान्दर्भिक छ ? अबश्य पनि छैन होला । एकजना क्रान्तिकारी धारको नेतृत्व गरेर देशमा पुरानो सामन्ती राजतन्त्र हटाएर गणतन्त्र ल्याउने शक्तिका ब्यक्ति गृहमन्त्री भएको बेला निर्मलाहरू दिनहुँजसो बलात्कार भइरहने हो भने किन चाहियो देशमा सरकार ? निर्मला पन्तको बलात्कार पछि हत्या भएको भनेर देशमा महिनौ दिन आन्दोलन भयो ।
सबैले हत्याकाण्डको उचित छानबिन गरेर पिडित परिवारलाई न्याय दिनुपर्ने आवाज उठ्यो तर पनि अवस्था जस्ताको तस्तै छ । अहिले फेरि निर्मला पन्तको हत्याकाण्ड भएको एक बर्ष पुगेपछि नागरिक आन्दोलन सडकमा देखिन थालेको छ । सरकारले हत्याकाण्ड छानबिन गर्न समिति गठन गरेको भए पनि अहिलेसम्म सत्य तथ्य बाहिर आउन सकेको छैन । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज बिष्ट लगायतका प्रहरी निलम्बनमा परे सिविआईका डिएसपी अंगुर जिसी पनि यतिबेला निलम्बनमा छन् । सरकारले अहिलेसम्म हत्याकाण्डलाई छानबिन गरेर घटनाको दोषीलाई पक्राउ गर्न सकेको छैन । केही दिनअघि राजधानीबाट प्रशारण हुने एउटा टेलिभिजनमा निलम्बित डिएसपी अंगुर जिसीको अन्तरवार्ता दिदै निर्मला पन्तका बलात्कारी दिलीप सिंह बिष्ट नै भएको भनेर ठोकुवा गरेका थिए । साँच्चै सिविआईको जिम्मेवारी लिएका डिएसपी जिसीले दिएको तर्क सुन्ने हो भने उनले भनेको कुरामा दम देखिन्छ । हुनसक्छ निलम्बित डिएसपी जिसीले भनेको कुरामा सत्यता छ भने त्यो घटनाको राम्रोसँग छानबिन गरेर अगाडि बढ्नुपर्छ । दिलिप सिंह बिष्टमाथि पुन छानबिन अनुसन्धान गर्न जरुरी छ । जुन समयमा उनले प्रहरी समक्ष बयान दिएका थिए त्यो बयान सुन्दा घटना उनै बिष्टले गराएको हो भन्ने देखिन्छ । सबै कुरा आन्दोलनले मात्रै छिनोफानो गर्न सक्दैन आन्दोलन चर्किएको बेला अदालत प्रभावित बन्छ प्रहरी प्रशासन प्रभावित बन्न सक्छ हो निर्मला पन्तको घटनामा पनि यहीँ सबथोक भएको हुन सक्छ हामीले नजिकै भएको सत्य हेर्दैनौ नभएको टाढाको सत्य खोज्न हिड्छौ त्यहीँ भएको हुनाले पनि हामी असफल भएको हो कि भनेर भन्नू पर्ने हुन्छ ।
साँच्चै अन्तरवार्ता दिदादिदै जिसी जसरी रोए त्यो दृश्य हेर्दा निर्मला पन्तको लागि उनी अहिले पनि चिन्तित देखिन्छन् । सरकार ३३ केजी सुन प्रकरणमा जसरी असफल भयो अहिले निर्मला प्रकरणमा पनि उहीँ हालत भएको स्पष्ट छ । साँच्चै निर्मलाको बलात्कारपछि हत्या भएको घटना अहिलेको सरकारको लागि सबैभन्दा बढी चुनौती कै बिषय भएपनि यसमा गम्भीर भएको भने पाइएन । बबिता बमको घरमा पढ्न गएकी एकजना बालिका बलात्कारपछि हत्या हुन्छ यहीँ हत्याकाण्ड कसैलाई आन्दोलन गर्ने राजनीति गर्ने साधन बन्छ हामी साँच्चै इमानदार हुने हो भने प्रहरीले गर्ने कामलाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने अबश्य पनि हत्यारा पक्राउ पर्छ । सबै कुरामा आन्दोलनले मात्रै राम्रो गर्छ भन्ने छैन । अहिले पनि दिनहुँजसो बालिका युवती महिला दिदीबहिनी बलात्कार हुने तिनीहरूको हत्या हुन क्रम जारी छ यसलाई समाजका सबै तह र तप्का मिलेर यस्तो जघन्य अपराध गर्ने संग सामना गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै समाजमा परिवर्तन ल्याउन सकिन्छ ।




