बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ताराखोलामा एकै घरका ९ भैसी मरे

ताराखोलामा एकै घरका ९ भैसी मरे


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७६, मंगलबार

बागलुङ,१४ साउन – जिल्लाको ताराखोला गाँउपालिका वडा नं ५ स्थित खिउको जंगलमा एकै घरका ९ भैँसी एउटै स्थानमा मरेको भेटिएको छन् ।
वडा नं ५ का रनबहादुर पुनका ८ ओटा व्याउने भैँसी र १ वटा राँगोे मरेको स्थानीयले बताएका छन् । करिब १ हप्ता अगाडिदेखि चराउन जंगलमा लगेका भैसी हराएका थिए ।
हराएका भैसी खिउको जंगलमा मरेको अवस्थामा भेटिएका हुन् । व्याउने भैसी र राँगो मरेको फेला परेपछि पुन समस्यामा परेका छन । स्थानीयको भनाई अनुसार चट्याङले गर्दा भैसी मरेको हुन सक्ने अनुमान गरिएको छ ।
अन्य रोगका कारण भैसी मरेका हुन की भन्ने आंशकामा ताराखोला गाँउपालिका पशुशाखामा खबर गरिएको तर पशुशाखामा प्राविधिक नभएको कारण भैसी मरेको ठाँउमा कृषि शाखाबाट कोही पनि जान नसकेको ताराखोला गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->