शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जन्मोत्सवको खर्च पाठशालालाई

जन्मोत्सवको खर्च पाठशालालाई


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७६, बुधबार

बागलुङ, १५ साउन – प्रतिनिधिसभाका सांसद सूर्य पाठकले आफ्नी छोरी साराको तेस्रो जन्मदिनको अवसरमा खाद्यसामाग्री बितरण गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ४ स्थित मुक्तिनाथ बेद विद्याश्रम माध्यामिक बिद्यालयमा पढ्ने बटुकका लागि उनले सामाग्री दिएका हुन् । जन्म दिनको अवसरमा गरिने अनावस्यक खर्च कटौती गरेर उनले सामाग्री दिएको बताए । उनले यहाँ पढ्ने ६५ जना बटुकका लागि पुग्ने गरी आलु, दाल, नुन, तेल र अन्य खाद्यसामाग्री हस्तान्तरण गरेका हुन् । पाठकले बिद्यालयकी प्रअ शान्ति ज्ञवालीलाई ती सामाग्री हस्तान्तरण गरे । उक्त अवसरमा पाठकले छोरीको जन्मदिनमा बालबालिकाहरुकै लागि सामाग्री बितरण गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

उनले आगामीदिनमा पनि व्यक्तिगत र संसदको नाताले कुनै न कुनै सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले मंगलवार कुडुलेमै निर्माण भैरहेको शालीग्राम संग्राहलयको भ्रमण पनि गरे । संग्राहलय हेरिसकेपछि गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्लाललाई फोन गरेर सही ठाउँमा लगानी गरेको भन्दै धन्यवाद दिए । संग्राहलयलाई आवस्यक पर्ने बजेटका लागि आफ्नो तर्फबाट पनि उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->