बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा

भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७६, मंगलबार

पोखरा, २८ साउन – पोखरा महानगर पालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको छ । महानगर अन्र्तगत लेखनाथका सवै वडाका महिलाहरु भड्कीलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का ३५ भन्दा वढी आमा समुह तथा महिला संजालहरुको संयुक्त प्रयासले वडालाई भड्कीलो तीज रहित वनाउने अभियान चलाएको वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।
उनले भने–“हामीले तीज मनाउने हो तर तारे होटल र पार्टी प्यालेसम संस्कारलाई बिकृतीतिर लैजाने गरी तीजको दरका नाममा हुने कृयाकलापलाई पुर्ण रुपमा वन्देज गर्न आव्हान गरेका हौं ।” सोहि आव्हानका आधारमा वडा महिला संजाल सहित सवै आमा समुहहरुको सामुहिक प्रयासवाट यो काम सफल भएको पनि उनको भनाई थियो । उनले थपे–“हामीले अन्य वडाहरुमा पनि भड्कीलो तीजका विपक्षमा महिलाहरुनै अगाडी आउन् भनेर एक दुई दिनमा सार्वजनिक घोषणा गर्ने तयारी पनि गरेका छौं ।
अभियान स्वरुप ५ सय भन्दा बढी महिलाहरु सडकमा निस्केर सामुहिक प्रतिवद्धता समेत जनाएका थिए । महिला संजालकी अध्यक्ष मुरली थापाका अनुसार हामीले तीजका नाममा धेरै नै बिकृती भित्राएका छौं त्यसो नगरौ भनेर यो अभियान चलाएका हौं । उनले भनिन्–“म पनि तिज मनाउँछु तर तीज कहा र कसरी मनाउने हो भन्ने वारेमा हामीलाई थाहा हुनु पर्छ ।” तीज भनेको ऋण खोजेरै भएपनि होटलमै मनाउने परिपाठी वन्द गरौ भन्न्े नै हो उनले भनिन् ।
लेखथानका सवै वडाहरुका महिला संजालले पनि यो अभियानमा सहकार्य गर्दै लेखनाथलाई भड्कीलो तीज रहित बनाउने अभियानमा रहेको पनि वडा अभ्यक्ष बरालले जानकारी दिए । उनले भने–“वडा मात्रै होईन समग्र महानगरनै कुनै पनि खालका बिकृतीलाई अन्त्य गर्ने अभियानमा लाग्नु पर्छ । उनले दशै तीहार लगाएतका अन्य चाढहरुलाई पनि हाम्रो सस्कार अनुसारनै मनाउन पनि सवै सँग आग्रह गरे । आफ्नो वडामा हुने कुनै पनि विवाह तथा उत्सवहरु पनि भड्कीलो तरिकाले मनाउने प्रचलनलाई हटाउने गरी सामुहिक छलफल भईरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->