शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घलेम्दीखोलाको आन्तरिक परिक्षण सफल

घलेम्दीखोलाको आन्तरिक परिक्षण सफल


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७६, बुधबार

म्याग्दी, २९ साउन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ ।
घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षती पुगेपछि रोकिएको काम मर्मत सकिएलगत्तै उपकरणको सफल परिक्षण गरिएको आयोजनाका बिमल रिजालले बताए ।
एकमहिना अगाडी नै परिक्षण गर्ने योजना रहेपनि बाढीले इन्टेकको बाँध हुदै टनेलभित्र प्रवेश गरेको बाढीले भुई ढलान र सर्टकिटमा क्षती पुर्याएको थियो । आयोजनाको बाँधदेखि पावरहाउससम्मको सम्पूर्ण संरचना ब्यवसायीक उत्पादनका लागि तयारी अवस्थामा रहेको आयोजनाका प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले बताए ।
एकमहिना परिक्षण रुपमै विद्युत उत्पादनसँगै नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत हुदै केन्द्रिय प्रशारण लाइनमा जडान गरिने छ ।
दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशनको काम सकिएपछि आयोजनाको क्षमता अनुसारको विद्युत सजिलै केन्द्रिय प्रशारण लाइनमा जडान गरिने छ । वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । विसं २०७१ बाट निर्माण थालिएको आयोजना म्याग्दीमा ब्यवसायीक विद्युत उत्पादन गर्ने पहिलो निजी क्षेत्रका जलविद्युत आयोजना हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->