बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराका ११ वटा वडा चोरी गर्ने थापा ,सामान बेच्ने गोपाली

पोखराका ११ वटा वडा चोरी गर्ने थापा ,सामान बेच्ने गोपाली


  • बालकृष्ण सुबेदी
  • साउन २९ २०७६, बुधबार

पोखरा,२९ साउन – गत एक बर्ष यता पोखराका ११ वटा वडाहरु धमाधम चोरी हुन थाले पछि कास्की प्रहरीको टाउको दुखाई बनेको थियो । चोरी भएका वडा सीसी टिभीको निगरानीमा रहे पनि चोरी गर्ने पक्राउ परेका थिएनन् । कास्की प्रहरी प्रमुखको रुपमा उपरिक्षक दान बहादुर कार्की आए पछि पोखराका वडाहरु चोरी गर्ने पक्राउ परेका छन् ।

करिव १४ महिना देखि वडा चोरी गर्नेहरु, खोज्दै आएको कास्की प्रहरीले अहिले सफलता हात पारेको छ । कास्की प्रहरीले चोरी गर्ने र चोरीका सामान संकलन गरेर बिक्री गर्ने दुई जनालाई नियन्त्रणमा लिएर बुधवार सार्वजनिक गरेको हो । वडा प्रहरी कार्यालय बैदामको विशेष अनुसन्धान टोलीले सहिदचोकबाट काठमाण्डौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका ५१ वर्षीय किशोर थापालाई पक्राउ गरेको थियो । सिसि टिभी फुटेजको विश्लेषणका आधार संकाको घेरामा राखेर किशोर थापालाई समातेको र सवै कुरा स्वीकार गरेपछि प्रहरीले सफलता हात पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनुसन्धानको क्रममा थापाले चोरी गरेको स्वीकारेको र सामानहरु काठमाण्डौं लगेर बेच्ने गरेको बताएको प्रहरीले जनाएको छ । उनले दिएको बयानका आधारमा चोरीका सामान संकलन गरेर बिक्री गर्ने काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका ३६ वर्षीय रुपचन्द्र सामान लाई समेत पक्राऊ गरिएको प्रहरीले पक्राउ गरेको छ ।

गोपालीले सञ्चालन गरेको पसलबाट १७ वटा मनिटर ,९ वटा सि.पि.यु र ३ वटा ल्यापटप फेला परेको बताइएको छ । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर अभियोग लगाईएको छ । प्रहरीले कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन गरीरहेको जनाएको छ ।

वडा चोरी गर्ने थापाले रातको ११.३० देखि १२.३० को समयमा चोरी गरेको र चोरीका सामान नजिकैको निर्माणाधीन घरमा लुकाउने गरेका थिए । चोरेर लुकाएको सामानलाई जेब्रा झोलामा हालेर काठमाडौं लैजाने गरेको गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने किशोर थापा यस अघि पनि डाका चोरी मुद्धामा २०४६ देखि २०५१ सम्म काठमाण्डौको केन्द्रिय कारागरामा ५ वर्षको जेलसजाय पाएको र २०७१ देखि २०७४ सम्म चोरी मुद्दामा केन्द्रिय कारागारमै ३ वर्षको जेल सजाय पाइसकेका छन् ।

२०७५ जेठ २ गते देखि श्रृंखलाबद्ध रुपमा वडाहरु चोरी भएको थियो । वडा नम्बर १२ को कार्यालयबाट शुरु भएको चोरीको घटना पछिल्लो पटक २०७६ साउन २१ गते लेकसाइडको वडा नम्बर ६ को कार्यालयमा चोरी भएको थियोे । पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो । वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको थियो ।

सुरक्षा गार्ड नभएको हुदा चोरी गर्न सहज भएकोले वडा कार्यालयमा निरन्तर चोरी गरेको हुनसक्ने प्रहरीको भनाई छ । उनिहरुलाई फौजदारी अभियोग लाग्ने र चोरीको मुद्धा चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->