पोखरा,३० साउन – गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्र कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै अर्थ नहुने बताए ।
उनले विधिलाई पनि धर्मले डोहो¥याउने भएकाले धार्मिक सहिष्णुता विना शान्ति असम्भव भएको उल्लेख गरे । विधिलाई टेकेर शासन गर्न आग्रह समेत गरे । जहाँ धर्मलाई टाढा राखिन्छ, धर्मलाई अपमान गरिन्छ त्यहाँ शान्ति, समृद्धी र सुसासनको कल्पना गर्न नसकिने उनको भनाई थियो । गेरुवा बस्त्र लगाउदैमा धर्म नुहने बताउँदै धर्म भित्र अधर्मको प्रवेश हुने गरेको तथ्यमाथि बोल्दै त्यस्ता अधर्मीमाथि सचेत हुन उनले आग्रह गरे ।
कार्यक्रममा साँसद विन्दुकुमार थापाले मानव सेवा र कल्याणनै धर्म भएको उल्लखे गर्नुहुँदै जनै पूर्णीमाको महत्वबारे बोलेका थिए। नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले धर्म संस्कृती र संस्कार विनाको समृद्धीको कुनै अर्थ नहुने बताए ।
राजयोगिनी दिदी प्रणिताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ब्रम्हकुमार शैलेश लगायतका वक्ताहरुले रक्षा बन्धन र शान्तिका बारेमा बोलेका थिए ।





