शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार लामिछाने प्रहरीको नियन्त्रणमा

पत्रकार लामिछाने प्रहरीको नियन्त्रणमा


  • Dhorpatan News
  • साउन ३० २०७६, बिहिबार

काठमाडौं,३० साउन- न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो । पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले लामिछानेको कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->