बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कार्लमाक्सले पनि आफ्नो सिद्धान्त परिमार्जन गर्थे होलान् – डा. भट्टराई

कार्लमाक्सले पनि आफ्नो सिद्धान्त परिमार्जन गर्थे होलान् – डा. भट्टराई


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७६, शनिबार

पोखरा, ३२ साउन – संघिय समाजबादी पार्टीका परिषद अध्यक्ष तथा पूर्वप्रधानमंत्री डा. बाबुराम भट्टराईले संघिय समाजवादी पार्टीबाट मात्रै जनताका सबै हक अधिकारहरु संरक्षित बताएका छन् । उनले आफ्नो पार्टी बाहेकका अरु सबै पार्टीहरुमा एउटै क्षेत्र,जात, लिङको मात्रै प्रतिनिधित्व भएकोले समाबेशीकरण नभएको दाबी गरे । संघिय समाजबादी पार्टीले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेश जिल्ला र महानगरको समायोजन तथा सपत ग्रहण समारोहमा उनले सो बिचार ब्यक्त गरेका हुन् । डा. भट्टराईले भने ‘हाम्रो पार्टीले जस्तो हिमाल पहाड तराई, सबै जातजाती र आर्थिक रुपले बिपन्न, सिमानतकृत समुदायको समिश्रण कसैले गरेको छैन हाम्रो पार्टीमा सबै अटाएका छन् । ’

क्षेत्रियताको कुरा उठाएर बिवाद ल्याउनु भनेको बिखण्डन ल्याउनु हो । अव नेपालमा कम्युनिष्ट नामका र पूजिवादी पार्टी काग्रेस सकिए । समाजवादी पार्टीको उदय भएको छ । कार्लमाक्सका सिद्धान्त पनि फेल खाए । अहिलेको परिवेशमा कार्लमाक्स भए पनि आफ्नो सिद्धान्त परिमार्जन गर्थे होलान् । त्यसकारण सबै बिवाद र असन्तुष्टीलाई संघिय समाजवादी पार्टीले मात्रै सम्बोधन गर्नेछ उनले भने ।

सो अवसरमा संघिय समाजवादी पार्टीका कार्यकारी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमंत्री उपेन्द्र यादवले नेपालको संबिधान २०७२ अपुरो त्रुटि पूर्ण बिभेदकारी भएकोले संशोधन र परिमार्जन गरी जनतालाई हक अधिकार सम्पन्न बनाउन आफ्नो पार्टीले सरकार र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिए । हिमाल पहाड तराई जातिय क्षत्रिय लैङग र सिमान्तकृत समुदायको पक्षमा संबिधान संशोधन नभएमा आफु सरकारमा जानुको कुनै औचित्य नभएको बताए । उनले ‘भने मलाई सरकारको कदमप्रति शंका लागेको छ । सरकारले टार्दै गएको छ यथा स्थितिमा मै देश राख्ने हो भने हामी सडक र सदन तताउछौं ।’ सो अवसरमा प्रदेश कमिटीका अध्यक्ष मोति रिजाल, उपाध्यक्ष काशीमाया गुरुङ लगायतले बोलेका थिए । संघिय समाजवादी प्रबेश गर्नेहरुको संख्या करिव ५० जनालाई रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->