शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बडिगाडमा भेलले बगाँउदा ८ वर्षीय बालकको मृत्यु

बडिगाडमा भेलले बगाँउदा ८ वर्षीय बालकको मृत्यु


  • Dhorpatan News
  • भाद्र २ २०७६, सोमबार

बागलुङ, २ भदौ – बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको भलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् । विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पुर्याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->