बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपाल आईस ‘ मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को पहिलो अडिसन सम्पन्न

नेपाल आईस ‘ मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को पहिलो अडिसन सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७६, मंगलबार

पोखरा,३ भदौ –  बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘तेस्रो चरणको को पहिलो अडिसन पोखरा मा सम्पन्न भएको छ ।ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका छन् । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका छन् । अडिसनबाट छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ ।टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर द नेक्ष्ट एजुकेसन कन्सलटेन्सी रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ ।प्रतियोगीताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।तेसै गरि प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिइन। प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको ब्ल्यु रे प्रोडक्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->