बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेलायत स्थित बार्नेट शहरका उपमेयर गुरुङलाई पोखरामा स्वागत

बेलायत स्थित बार्नेट शहरका उपमेयर गुरुङलाई पोखरामा स्वागत


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७६, बुधबार

पोखरा,४ भदौ – भूतपूर्व खेलाडी मंच नेपालले बेलायत स्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मंचले स्वागत गरेको हो ।सो अवसरमा बोल्दै उपमेयर गुरुङले पोखरा र लण्डन स्थित आफ्नो बार्नेट शहरका विच भगिनी सम्वन्ध बिकासका लागि आफ्नो तर्फ बाट पहल शुरु गर्ने बताए । उनले भने–‘मइले भगिनी सम्वन्ध बढाउन आफ्नो तर्फ बाट केही पहल थालेको थिंए केही कारणले रोकिएको छ, त्यसलाई निरन्तरता दिनेछु ।’आफूलाई मंचले यसरी स्वागत गरेको प्रति आभार प्रकट गर्दै उपमेयर गुरुङले खेलकुदनै सबैको साझा मंच भएकोले भूतपूर्व खेलाडी मंचले पोखराको खेलकुद बिकासमा पुर्र्याएको योगदानका लागि आभार प्रकट गरे । उनले आगामी दिनमा मंचले गर्ने कार्यक्रमहरुमा आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।कार्यक्रममा मंचका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएत कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुले उपमेयर गुरुङलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->