शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घरमा पुरिएर पर्वतमा एक जनाको ज्यान गयो

घरमा पुरिएर पर्वतमा एक जनाको ज्यान गयो


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७६, बिहिबार

पर्वत,५ भदौ –  पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा घर भत्कीँदा बुधबार राती एक जनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा स्थानीय ७० बर्षिय रेमबहादुर चालिसेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । घर भन्दा माथि रहेको सडकको नालीमा आएको पानी घरपछाडिको खेतमा लगाइएको र सोही पानीका कारण खेतबाट आएको पहिरोले घर भत्काउँदा घरमा सुतिरहेका चालिसेको पुरिएर ज्यान गएको स्थानीय गुप्तनिधि शर्माले बताए । रातीको समयमा भएकोले घर कतिबेला भत्कीएको हो भन्ने थाहा नहुँदा बिहान मात्र थाहा भएकाले उनको उद्धारमा ढिलाई भएको हो । प्रहरी निरीक्षक रायमाझीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको कमाण्डमा एक्साभेटर सहित पुगेको प्रहरी टोलीले बिहीबार बिहान डेढ घण्टापछि उनको सव भत्कीएको घरबाट बाहिर निकालेको थियो ।

घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएको भएपनि श्रीमती भने छोरीको घरमा गएर बसेकाले घट्नामा श्रीमानको मात्र ज्यान गएको हो । स्थानीय गुप्तनिधि शर्माका अनुसार चालिसे खुर्कोटबाट पहिलो पटक एस.एल.सी पास गरेका ब्यक्ति हुन । उनले लामो समयसम्म अस्थायी रुपमा स्वास्थ्य क्षेत्रमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->