पोखरा, ५ भदौ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले सरकारले ल्याएको पेन्सनमा आधारित सामाजिक सुरक्षा कार्यक्रम केवल सरकारको मात्रै नभएर मुलुक कै कार्यक्रम भएकोले यसको कार्यान्वयन गर्न सबैले प्रचार गर्नुपर्ने बताईन् । उनले भनिन् ‘पूर्बी युरोप अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकको सरकार सामाजिक सुरक्षा कार्यक्रम ल्याएर नै लोकप्रिय भएका हुन् । नागरिकले खुशीखुशी राज्यलाई कर पनि र्तिछन् ।’ बुधबार गण्डकी प्रदेशको बिशेष समयमा बोल्दै सांसद गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन तीनै तहको सरकार र नेकपाले गर्नुपर्ने बताईन् । उनले भनिन् ‘यो कार्यक्रम यस्तो लोकप्रिय छ जस्ले मजदुरको मात्रै हित गर्दैन ब्यावसायीको पनि हित हुन्छ । त्यसकारण प्रतिपक्षी पार्टीले समेत प्रसंसा गर्न हिचकिचाउनु हुदैन । हामीले गरिव श्रमिकको हितमा काम गरिरहेका छौं भन्ने कुरा यस कार्यक्रमले प्रत्याभूत गरेको छ ।’
श्रमिकहरुमा सामाजिक सुरक्षाको प्रत्याभूतिले दिर्घकालिन रुपमा समस्या समाधान हुने दावी गरिन् । अहिले एकातिर ब्यावसायी दक्ष जनशक्तिको अभावले छटपटाई रहेका छन् भने अर्को तिर युवाहरु बिदेश पलायन भएको अवस्था छ । उनले भनिन् ‘हाम्रोमा एउटा उखान छ जुठो खानु मिठोको लोभले ’ भने झै श्रमिकलाई अफ्ठेरो पर्दा सामाजिक सुरक्षा हुन्छ सामाजिक न्याय पाईन्छ भन्ने भयो भनेन नेपाल मै बसेर काम गर्ने बातावरण बन्छ । ’
अहिले नेपालमा ९ लाख भन्दा बढी औद्योगिक प्रतिष्ठानहरु छन् । त्यहा कार्यरत श्रमिकको संख्या ३४ लाख छ । त्यस्तै असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको संख्या पनि ठूलो छ । संगठित मात्रै नभएर असंगठित श्रमिको सामाजिक सुरक्षा बारे पनि सोच्नु पर्ने हुन्छ ।
समाजिक सुरक्षा कोषमा दर्ता भएका प्रतिष्ठानहरु जम्मा ४५ सय वटा छन् । बास्तवमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा प्रचार प्रसारमा कमि भएर नै हो । गुरुङले भनिन् यो कार्यक्रमले श्रमिकलाई मात्रै होईन ब्यावसायीलाई समेत फाइदा पुग्नेछ । सिपयुक्त जनशक्तिको अभाव बेलाबेलामा भोगिरहनु पर्ने छैन । अदक्ष जनशक्तिबाट काम लिनु पर्ने छैन । पूर्ण ब्यावसायिकताको प्रत्याभूति हुनेछ । श्रमिक बर्गबाट बन्द हढ्ताल र अनावश्यक सास्ती भोग्नु पर्ने अवस्था समेत रहदैन । ब्यावसायीहरुको दायित्व पनि हो युवा बिदेश पलायन रोक्ने मुलुकमा रोजगारी स्थापना गर्ने ।
नेपालको संबिधान २०७२ को मौलिक हक अन्तरगत, धारा ३४ (२) मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ । भन्ने ब्यवस्था गरेको छ । सरकारले मजदुर र ब्यावसायीक प्रतिष्ठानको हितलाई मध्यनजर गर्दै कानुन् बनाएर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम गएको मंशिरमा घोषणा गरेपछि कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी शुन्य समयमा सक्ता पक्षकी प्रभाकोईरालाले स्थानिय तहमा भएको भ्रष्टाचार बारे सरकारको ध्यानाकर्षण गराएकी थिईन् । प्रतिपक्षी दलका सचेतक ओमकला गौतमले अब्यवस्थीत सडकका कारण दुर्घटनाहरु बढेको दावी गरिन् । राजमोका कृष्ण थापा र हरीशरण आचार्यले सरकारको बिकास निमार्ण कार्य कछुवाको गतिमा भएको बताए ।





